श्रीमानलाई जोगाउन जाँदा करेन्ट लागेर श्रीमतीको मृत्यु

काठमाडौँ । सर्लाहीमा श्रीमानलाई करेन्ट लागेर जोगाउन जाँदा श्रीमतीको करेन्ट लागेर मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका-९ रामनगर बस्ने २८ वर्षीया कुसुम देवी महतोको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो ।
घर अगाडि ११ हजार भोल्टको तारमा वाइफाईको तार बेरिएर भुईँमा झरेको अवस्थामा तारलाई कुसुमको श्रीमान् ३४ वर्षीय रम्भा महतोले उठाउने क्रममा करेन्ट लागेको थियो । सो देखेपछि कुसुमले छुटाउन खोज्दा दुवै जना करेन्ट लागेर घाइते भएका थिए ।
घाइतेमध्ये कुसुमको सिद्धि विनायक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै रम्भाको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको छ ।
यता चितवनको माडी नगरपालिका-२ जीवनपुर बस्ने ५५ वर्षीय शिव प्रसाद मर्दनियाको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । आफ्नै घरको छतको धारामा हात धुने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फागुन २६ र २७ गते पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने
-
नेपालमा नयाँ एमजी एस ५ इभी सार्वजनिक
-
अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुको तर्फबाट पोखरेलले उम्मेदवारी दिने
-
प्रेस स्वतन्त्रतामा गम्भीर बन्न पत्रकार महासंघ मकवानपुरको माग
-
राजसंस्था फर्किने कुनै सम्भावना छैन : माधव नेपाल
-
सहकारीमन्त्री श्रेष्ठको सय दिन : तीन सहकारी समस्याग्रस्त घोषणा, ८ सहकारीमाथि छानबिन गर्न प्रहरीमा पठाइयो