जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी

ओटावा । क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा जङ्गलमा लागेको नियन्त्रण बाहिरको डढेलोका कारण दुई समुदायका लागि शुक्रबार राति निकासीको चेतावनी जारी गरिएको छ ।
उक्त दुई समुदाय ‘फोर्ट म्याकमुरे’ र ‘सप्रे क्रिक एस्टेट’ का थिए । आगो हाल फोर्ट म्याकमुरेको २५ किलोमिटर दक्षिणपश्चिममा रहेको र धुवाँले फोर्ट म्याकमुरेको दक्षिणी राजमार्ग ६३ मा दृश्यतालाई असर गर्न सक्छ ।
प्रभावित क्षेत्रका बासिन्दाहरूलाई छोटो सूचनामा खाली गर्न तयार रहन जानकारी दिइयो । क्यानाडाली इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार शुक्रबार देशभर एक सय १७ वटा आगो सक्रिय रूपमा लागिरहेको छ र तीमध्ये ३३ वटा नियन्त्रण बाहिर रहेका छन् ।
क्यानाडा सरकारले देशभर सामान्यभन्दा माथिको तापक्रमले ठूलो जङ्गली डढेलोको जोखिम निम्त्याउन सक्ने बिहीबार चेतावनी दिएको छ । सन् २०२३ मा क्यानाडाको डढेलोको सिजन रेकर्डमा सबैभन्दा विनाशकारी हो ।
क्यानाडाको राष्ट्रिय फायर डाटाबेसका अनुसार सन् २०२३ मा देशभर सात हजार एक सय ३१ आगलागी हुँदा १७ करोड दुई लाख तीन हजार छ सय २५ हेक्टर जमिन जलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा