शम्भु दंगालका तीन गजल

- गजल १
कुकुर र बिरालोको रति चल्छ राजनीतिमा ।
जनता चुस्ने जाली खेल कति चल्छ राजनीतिमा !
खरायोको वेगमा सधैँ भ्रष्ट तस्कर माथि–माथि ।
विकासमा त कछुवाकै गति चल्छ राजनीतिमा ।।
उत्तर दक्षिण हावामा कावा खाने कतिन्जेल ।
यसैले त देश उधोमति चल्छ राजनीतिमा ।।
बन्दुक, बम, इँटा, टायर, लाठी मुङग्री सबैथोक ।
कुर्सी टेक्ने उपाय अति चल्छ राजनीतिमा ।।
हेर, लुट्दै हाम्रा पसिना नेताजीका नाङ्गा नाच ।
वर्षैभरि गाईजात्रा अति चल्छ राजनीतिमा ।।
- गजल २
खान, चुठ्न, फ्याँक्न मिल्ने सिद्धान्तको थाल ।
नेताजीलाई आँउछ सित्तैँ प्रभुजीको दाल ।।
राजनीतिका फरक–फरक सिद्धान्तका खोल ।
जनतालाई पासो थाप्ने भाषणका छन् जाल ।।
विकास भन्ने कुन चरी हो सुशासन स्वाहा ।
सत्ता परिवर्तन अर्जुनदृष्टि यहाँ प्रत्येक साल ।।
छेउछाउका देश आज चन्द्रमा डुल्दै घुम्दै ।
नेपालभन्दा छिटो अचेल कछुवाको चाल ।।
टुकी बत्ती राष्ट्रिय ज्योति सान यस्तै छ ।
छङछङ गर्दै त्यसै गए नदीहरूका छाल ।।
- गजल ३
लुटिनेलाई अझ उल्टै चोर विरोध गर्छ ।
थोरै भयो सामान भन्दै घोर विरोध गर्छ ।।
जब आँउछ उत्तरमा नयाँ घामको लाली ।
अँध्यारोकै पक्ष लिई भोर विरोध गर्छ ।।
कुटिनेलाई ऐन कानुन कुट्नेलाई चैन ।
फटाहालाई भित्र थुने खोर विरोध गर्छ ।।
कुचो लिई यो व्यवस्था बढार्नुछ अब ।
सफा होला कि डराएर फोहोर विरोध गर्छ ।
०००
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु