संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : निधि

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएका छन् । नेता निधिले जनकपुरमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै वर्तमान सत्तापक्षले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति बनाउन नदिएको आरोप लगाए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणको आरोप सत्य हो वा होइन भन्ने विषयको संसदीय छानबिनमार्फत छिनोफानो हुनुपर्ने उनको भनाइ थियो ।
“गृहमन्त्री लामिछानेले संसद्मा स्पष्टीकरण दिएर मात्र हुँदैन, त्यसका लागि संसदीय छानबिन समिति गठन नै एक मात्र निकास हो”, नेता निधिले भने । छानबिन समिति गठन गर्न सरकार तयार नभएसम्म सदन चल्न नदिने अडान दोहोर्याउँदै उनले सांसदहरुले जनसरोकारका विषय सदनमा उठाउन नपाएपछि सदनको बैठक बस्नुको कुनै अर्थ नरहेको स्पष्ट पारे ।
चितवन, भैरहवा तथा पोखरामा सहकारीमा भएका अनियमितताबारे प्रहरीले छानबिन समेत गरेको नेता निधिले उल्लेख गरे । फरक प्रसङ्गमा उनले मुलुकभरिका आगलागी पीडितलाई सरकारी पक्षबाट आवश्यक सहयोगका लागि उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाले फ्रड काम गर्यो, कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो : दुर्गा प्रसाईं
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’