कविता
यहाँ मान्छेहरू
शनिबार, २९ वैशाख २०८१, १३ : २३
नागरिकता लिए पनि
परिचय
पैसाले किन्छन् ।
र, पैसाले दिन्छन् ।
बा, हजुरबाका पालामा
नागरिकताले
परिचय खुल्थ्यो
अहिले परिचय
पैसाले खुल्छ
जोसँग पैसा छ
ती परिचित मात्र होइन
सुपरिचित छन् ।
म
एक झुत्रो नागरिकता
बोकेर हिँड्ने मान्छे
परिचयविहीन हुँदा
सहर होस् या गाउँ
मान्छे,
नागरिकताले कहाँ हो र ?
पैसाले परिचय दिन्छन्
र, पैसाले परिचय किन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण
-
क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची