सभामुख र सरकारको रवैया गलत छ, संसदीय दलको बैठकबाट थप रणनीति तय गर्छौँ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब संसद्मा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न पार्टीको संसदीय दलको बैठक बोलाइएको बताएका छन् । आज बसेको पदाधिकारी बैठकले सभामुख देवराज घिमिरे र सरकारको रवैया गलत रहेको निष्कर्ष निकालेको उनको भनाइ छ ।
'बैठकमा गतिरोध अन्त्य र अरू विभिन्न विषयहरूको बारेमा छलफल भयो । संसद्मा हिजो सभामुख देवराज घिमिरे र अरू दलहरूसँग पनि छलफल गरेर गतिरोध पनि अन्त्य होस् भन्दा जुन रवैया देखाइयो त्यो गलत छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने भन्दै गर्दा जसरी कार्यसूचीमा पेस गरियो, यसले सरकार छानबिन समिति बनाउन नदिने भन्नेमा उद्धत रहेको हाम्रो निष्कर्ष छ' थापाले भने ।
थापाले संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न वैशाख ३१ गतेलाई संसदीय दलको बैठक बोलाएको बताए । संसदीय दलको बैठकबाट संसदभित्र आफूलाई कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय गरेर अघि बढ्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : आईजीपीसहित ९ उच्च प्रहरी अधिकारी सेवा निवृत्त हुँदै, प्रचण्डको फोटो जलाएका निराजन रिहा
-
वीरगञ्जमा मितेरीपुल–नयाँबसपार्क सडक खण्डमा टाँगा चलाउन पाइने
-
टोखामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन समय दुई वर्ष थप
-
निजामती कर्मचारी अस्पताल ऐनबाट सञ्चालन गरिनुपर्ने
-
कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला