विकासमा राजनीति गर्नु हुँदैन : उपप्रधानमन्त्री महासेठ

काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताएका छन् । शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरू बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताए । महासेठले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनताका राजनीति गरेर अन्य सबै समयमा देश विकासमा लाग्न सबै राजनीतिक दल र नेताहरूलाई आग्रह गरे ।
उनले दलका नेताहरूले राजनीतिक कुरा र पार्टीका कुरा मात्रै गर्ने नभई दलको स्वार्थ भन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताए । उनले दलभन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन नसकिने जिकिर गरे ।
उनले वर्तमान सरकारले भौतिक प्रगतिको रूपमा राम्रो उपलब्धि पाउने प्रतिबद्धता जनाए ।
‘यहाँ विभिन्न विचारका साथीहरू हुनुहुन्छ । विकासको मामिलामा हामी राजनीतिक कुराहरू धेरै गर्दैनौँ । राजनीति हामीले ५ वर्षमा ६ महिना गर्दा पुग्दो रहेछ । बाँकी समय त विकास मिलेर गर्दा हुँदोरहेछ’ उनले भने, ‘पार्टीका नेताहरूले पार्टीका कुरा मात्रै गर्ने होइन । हामीले पार्टीको स्वार्थ भन्दा माथि उठेर जब हामी सोच्दैनौँ, देश अघि बढाउन सक्दैनौँ । हामीले विद्वान साथीहरूसँग कुरा बुझेर, सोधेर अघि बढ्नुपर्छ ।’
उपप्रधानमन्त्री महासेठले देश विकासका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने बताए । महासेठले नेपालमा विगतको भन्दा वर्तमानमा धेरै प्रगति भएको दाबी गरे ।
उनले राजाको पालामा धेरै विकास हुने र बहुदल आइसकेपछि विकास नभएको भन्ने कुरा सत्य नरहेको बताए । पार्टीका नेताहरूलाई गाली गरेर मात्रै आत्मसन्तुष्टि लिनु भन्दा साँच्चिकै विकास भएको छ कि छैन ? भन्नेबारेमा सत्य जानकारी प्रस्तुत गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्याण्डसामु २ सय ३६ रनमा समेटियो बंगलादेश
-
सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने
-
कोटीहोम विवादः अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै महानगरको भ्याकेट
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले