योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्दै छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी तयारी भइरहेको बताएका छन् । आज काठमाडौँमा आयोजित योग तथा ऊर्जा ध्यान शिविरको शुभारम्भ गर्दै उनले सरकारले योग तथा ध्यानलाई आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा समेट्ने गरी तयारी गरिरहेको बताए ।
उनले योग, ध्यान र साधनाको अभ्यासको महत्वलाई विश्वले अहिले बुझिरहेको बताए । योग तथा ध्यान रुढीवादी नभई वैज्ञानिक विधि रहेको जिकिर गर्दै उनले योग तथा ध्यानलाई आत्मसाथ गर्न सके व्यक्तिलाई चिन्न, फेर्न र राम्रो बनाउन सकिने बताए । उनले नेपाल ध्यान गर्नका निम्ति सर्वाधिक उपयुक्त तपोभूमि रहेको बताए । भगवान् शिव, बुद्ध, व्यास, पतञ्जलि, जनक, सीता, पद्यसम्भव, अष्टावक्रले नेपालमै ध्यान गरेको भन्दै उनले ध्यानको अभ्यास गर्ने सबैभन्दा राम्रो भूमि रहेको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाली समाज नकारात्मकतातर्फ बढी उन्मुख भइरहेकोमा चिन्ता समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल