काठमाडौँ । नेपालमा पछिल्लो समय सुरक्षित गर्भपतनको सचेतना बढेको पाइएको छ । विगतका तुलनामा गर्भपतनको जटिलता कमै भेटिन्छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा दैनिक रूपमा औषधिबाट गर्भपतन गराउनेको सङ्ख्या १५ देखि २० जना र सर्जिकल विधिबाट करिब ५ जनाले सेवा लिने गरेका छन् ।
गर्भपतन, गर्भपतनले निम्त्याउने जोखिम, कानुनी प्रावधान लगायतका विषयमा अस्पतालकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. शान्ति श्रेष्ठसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, डा. श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश:
गर्भपतन भनेको पाठेघरमा आएको भ्रूणलाई निकाल्ने हो । सरकारको नियम कानुन अनुसार महिलाको मन्जुरीमा १२ हप्ता र कारण विशेषले २८ हप्तासम्मको भ्रूणलाई गर्भपतन गर्न सकिन्छ ।
सुरक्षित गर्भपतन भनेको गर्भपतन गराउने स्वास्थ्यकर्मी तालिम प्राप्त हुनुपर्छ । सरकारी मान्यता प्राप्त भएको अस्पताल हुनुपर्छ । सेवा दिने स्वास्थ्यकर्मी र अस्पताल सरकारबाट सूचीकृत भएको हुनुपर्छ र यस्ता निकायबाट गरिने गर्भपतन नै सुरक्षित गर्भपतन हो ।
स्वास्थ्यकर्मी मात्रै सूचीकृत भएको तर स्वास्थ्य संस्था सूचीकृत नभएको अथवा स्वास्थ्य संस्था सरकारी मान्यता प्राप्त छ तर स्वास्थ्यकर्मीले मान्यता प्राप्त गरेको छैन भने त्यस्तो ठाउँबाट गर्भपतन गराउनु असुरक्षित गर्भपतन हो ।
टेककेयर गर्ने मान्छे नभएर, आफू एक्लैले गर्भाधानलाई निरन्तरता दिन नसक्ने जस्तो महसुस गर्नु हुँदो रहेछ । यस्ता कारणले श्रीमान् वैदेशिक रोजगारीका लागि बाहिर जाँदा महिलाले गर्भ राख्न चाहँदैनन् ।
गर्भपतन गराउने कानुनी प्रावधान के छ ?
महिलाले यदि गर्भ राख्न चाहेन भने १२ हप्तासम्मको भ्रूण गर्भपतन गर्न सकिने कानुनी प्रावधान छ । त्यसमा महिलाको मात्रै मन्जुरी हुनुपर्छ । यदि सेवाग्राही १८ वर्षभन्दा बढी उमेरको छ भने सो सेवाग्राहीको मात्रै हस्ताक्षर गरेर गर्भपतन गर्न सकिन्छ । यदि १८ वर्ष भन्दा कम उमेरको छ भने गर्भपतन गर्ने सेवाग्राहीको अभिभावकको हस्ताक्षरमा १२ हप्तासम्मको गर्भपतन सेवा दिन मिल्छ । १२ हप्ताभन्दा बढी २८ हप्तासम्मको भ्रूण गर्भपतन गराइन्छ । तर यसका लागि केही मापदण्ड निर्धारण गरिएको छ । निर्धारित मापदण्ड पूरा गरे मात्र गर्भपतन गर्न पाइन्छ । जस्तो कि आमामा खतरा भएको छ, भ्रूणमा केही असामान्य अवस्थाको समस्या छ भने गर्भपतन गर्न मिल्ने प्रावधान छ । यस्तै, बलात्कारमा परेकी महिलाको २८ हप्ताको गर्भ, हाडनाता करणी र एचआइभी पोजेटिभ भएकालाई पनि २८ हप्तासम्म गर्भपतन गराउन मिल्ने प्रावधान छ ।
कुन उमेर समूहले गर्भपतन गराउने गरेको पाइएको छ ?
धेरैजसो २० वर्षमाथि उमेरका महिला गर्भपतनका लागि आउनु हुन्छ । २० वर्षभन्दा कम उमेरका पनि आउँछन् तर धेरैजसो २० वर्ष माथि उमेरकै आउने गरेका छन् ।
गर्भपतन गराउन आउने भनेको परिवार नियोजनका साधनहरू प्रयोग नगरेर अनिच्छा (अनवान्टेड) बसेको गर्भ, कसैले परिवार नियोजनको साधन प्रयोग गर्न भुलेर, कसैले परिवार नियोजनको साधन प्रयोग गर्दागर्दै पनि गर्भ बस्न गएमा, कसैको आफ्नो व्यक्तिगत समस्याले आउने गरेका छन् ।
श्रीमान् वैदेशिक रोजगारीमा जाँदा सुरक्षित महसुस नगर्ने भएकाले यस्तो ‘केस’ आउने गरेको पाइएको छ । टेककेयर गर्ने मान्छे नभएर, आफू एक्लैले गर्भमा रहेको बच्चा हुर्काउन नसक्ने जस्तो महसुस गर्नु हुँदोरहेछ । यस्ता कारणले श्रीमान् वैदेशिक रोजगारीका लागि बाहिर जाँदा महिलाले गर्भ राख्न चाहँदैनन् ।
गर्भपतनलाई समाजले नराम्रो नजरले नै हेर्छ । तर पछिल्लो समय मान्छे शिक्षित हुँदै गएका छन् ।
गर्भपतन गराउन अवधि अनुसार फरकफरक विधि छन् । १० हप्तासम्म रहेको गर्भलाई हामीले औषधिबाट गर्भपतन गराउन सकिन्छ र औजारद्वारा पनि सकिन्छ । औजारद्वारा गर्भपतन गराउनुलाई सर्जिकलबाट गर्भपतन गराउने भनिन्छ । १२ हप्ताको गर्भलाई औषधिबाट गर्भपतन गराइँदैन । सर्जिकलबाट गराउनुपर्ने हुन्छ । १० देखि १२ हप्तासम्मको गर्भलाई सर्जिकलबाट गर्भपतन गराउनुपर्छ ।
दोस्रो पाटो पनि छ । जसमा २८ हप्ताको गर्भलाई पनि गर्भपतन गराउन सक्छौँ । औजार वा औषधि दुवै विधिबाट गर्भपतन गरिन्छ । यस्तो ‘केस’लाई अस्पताल भर्ना गरेरै गर्भपतन गरिन्छ । २८ हप्ताको गर्भपतन विशेष कारणले मात्रै गराउन मिल्ने कानुनी प्रावधान छ ।
गर्भपतनलाई समाजले नराम्रो नजरले नै हेर्छ । तर पछिल्लो समय मान्छे शिक्षित हुँदै गएका छन् । गर्भपतन भनेको के हो भनेर बुझेका छन् । गर्भपतन कहाँ गरिन्छ, कुन ठाउँमा जानु पर्छ भन्ने बुझेका छन् । मेरो विचारमा गर्भपतन गर्नु कुनै ‘पाप’ होइनजस्तो लाग्छ ।
कुनै महिलाको ज्यान जोगिन्छ, उसले अनिच्छाएको गर्भ छ भने गर्भपतन गर्ने ठाउँ नभए असुरक्षिततिर जान्छ । विभिन्न ठाउँमा गएर औषधि खाने, असुरक्षित वस्तु पाठेघरमा राख्ने, असुरक्षित स्थानमा जानाले महिलाको स्वास्थ्यमा अनेक किसिमका सङ्क्रमण हुन सक्छ । यसले सङ्क्रमण फैलाउँछ । र शरीरका अङ्गहरूलाई नोक्सान गर्छ । जस्तै, किड्नी, मुटुमा जहाँ पनि सङ्क्रमण भएर अन्त्यमा मृत्यु पनि हुनसक्छ । त्यस कारण महिलाको ज्यान जोखिममा छ भने समयमै गर्भपतन गरेको राम्रो हुन्छ ।
अस्थायी साधन थुप्रै छन् । त्यस कारण गर्भपतन नगराएकै राम्रो हो । तर गराउनै पर्यो भने पनि २० वर्ष माथिकाले गरेको राम्रो । २० वर्षभन्दा बढी उमेरमा मात्रै प्रजननका लागि शारीरिक परिपक्वता हुन्छ । त्यस कारण २० वर्ष पछिकाले मात्रै गर्भपतन गरेको सुरक्षित मान्न सकिन्छ ।
२० वर्ष कम उमेरका प्रायः अविवाहित महिला आउँछन् । बजारमा गर्भपतन गराउने औषधि पाइन्छन् । त्यस्तो औषधि प्रयोग गर्नेहरू धेरै छन् । सामाजिक डरका कारणले सकेसम्म हाम्रो संस्थामा गर्भपतन गराउन पछिमात्रै आउने गर्छन् । कसैले केही भन्छ कि भनेर औषधि सेवन गरेर समस्या देखिएपछि आउने गरेको ‘केस’हरू छन् । रक्तस्राव भएका, ज्वरो आउने, पेट दुख्ने जस्ता समस्या लिएर आउँछन् । हामीले विवाहित वा अविवाहित भनेर सोध्ने कुरा हुँदैन । अनुमानको आधारमा मात्रै भन्न सकिन्छ । विवाहित वा अविवाहित भनेर तथ्याङ्क भन्न सकिँदैन । २० वर्ष माथि उमेरका प्रायः विवाहित नै हुने अनुमान लगाउन सकिन्छ ।
कसैलाई गर्भपतन गराउनु पर्ने छ भने सूचीकृत भएको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी अर्थात् नेपाल सरकारबाट सुरक्षित गर्भपतनको मान्यता प्राप्त स्वास्थ्य संस्थामा जानुपर्छ ।
असुरक्षित गर्भपतन ग¥यो भने कहिलेकाहीँ ‘इन्कम्प्लिट एबोर्सन’ हुन सक्छ । अर्थात पाठेघर पुरै सफा नहुन सक्छ । यसले रक्तस्राव अत्यधिक हुन्छ । सङ्क्रमण हुन्छ । जसले गर्दा स्वास्थ्यमा विभिन्न समस्या हुन सक्छ ।
कसैलाई गर्भपतन गराउनु पर्ने छ भने सूचीकृत भएको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी अर्थात् नेपाल सरकारबाट सुरक्षित गर्भपतनको मान्यता प्राप्त स्वास्थ्य संस्थामा जानुपर्छ । त्यस्ता ठाउँमा गर्भपतन गराउन गएमा जोखिम कम हुन्छ । अनुभवी स्वास्थ्यकर्मीले दिनुभएको सेवा र अनुभव नभएकाले दिइने गर्भपतनको सुविधा धेरै नै फरक हुन्छ । सरकारको मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट सेवा लिनुपर्छ ।
प्रतिक्रिया