पीएसजी छाड्ने एम्बाप्पेको घोषणा

पेरिस । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने बताएका छन् । २५ वर्षीय एमबाप्पेले आफ्नो सामाजिक सञ्जालमा जारी भिडियोमार्फत उक्त निर्णयको घोषणा गरेका हुन्।
एम्बाप्पेले भने, ‘मैले सधैँ भनेको समय आएपछि म तपाईंसँग कुरा गर्छु भन्दै आएको थिएँ । पेरिस सेन्ट-जर्मेनमा यो मेरो अन्तिम वर्ष हो। म करार विस्तार गर्दिनँ र यो यात्रा केही हप्तामा समाप्त हुनेछ।’
MERCI. 🔴🔵 @PSG_inside pic.twitter.com/t0cL2wPpjX
— Kylian Mbappé (@KMbappe) May 10, 2024
पीएसजीसँग एमबाप्पेको सम्झौता जुनमा समाप्त हुन्छ । बीबीसी स्पोर्टले गत फेब्रुअरीमा नै एम्बाप्पे रियल मड्रिडमा सामेल हुने सम्झौता गरेको समाचार प्रकाशित गरेको थियो ।
विश्वकप विजेता खेलाडी २५५ गोलसहित पीएसजीका कीर्तिमानी गोलकर्ता हुन् । पेरिसमा जन्मेका एमबाप्पे मोनाकोबाट अगस्ट २०१७ मा १६.५७ करोड पाउन्डमा पीएसजीमा सामेल थिए ।
पीएसजीले लिग वानमा टुलुसविरुद्ध पार्क डेस प्रिन्सेसमा आफ्नो अन्तिम घरेलु खेल खेल्नेछ। त्यसपछि टोलीले मे २५ मा लिलको स्टेड पियरे-माउरोयमा लियो विरुद्ध फ्रेन्च कप फाइनल अघि लिगमा निस (१५ मे) र मेट्ज (१९ मे) विरुद्ध खेल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडामा मस्कको नागरिकता खारेज गर्न याचिका
-
आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
-
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
-
स्वास्थ्य बिमा बन्द हुन्छ भने जिम्मेवार को ?
-
राजेन्द्रको पार्टीमा लेबीको व्यवस्था : प्रधानमन्त्री भए २० हजार, वडाध्यक्ष भए ४ हजार
-
नेपाली सेनाले विदेशीसँग कहिले र कहाँ–कहाँ युद्ध गर्यो ?