कांग्रेसलाई छानबिन समिति होइन सत्ता चाहिएको हो : महेश बर्तौला
काठमाडौँ । सत्तारुढ दल नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई छानबिन समिति नभइ सत्ता चाहिएको आरोप लगाएका छन् । शुक्रबार सुरु भएको बजेट अधिवेशन समेत चल्न नदिएकोमा आक्रोश पोख्दै उनले छानबिन समिति बनाउनुपर्ने कांग्रेसको माग बहाना मात्र भएको आरोप लगाएका हुन् ।
‘छानबिन समिति कांग्रेसले मागेकै होइन । कांग्रेसले मागेको सत्ता हो । सत्ता नपाउन्जेल आन्दोलन गरिराख्छ । छानबिन समिति बनाउन प्रधानमन्त्री मात्र होइन हामी सबै तयार छौँ । त्यो देखाउने बहाना हो । आज गृहमन्त्रीको राजीनामा माग होला । भोलि अर्काको माग होला । कांग्रेसले माग गर्यो भन्दैमा हरेक दिन हरेक मानिसमाथि छानबिन गर्दै हामी अनुसन्धान अधिकारी बन्न तयार छैनौँ’, रातोपाटीसँग बर्तौलाले भने ।
कांग्रेसले पाँच घण्टाको बिचमा एकातिर गृहमन्त्रीलाई बोल्न दिने भन्ने र अर्कोतिर सभामुखले बोल्ने समय दिँदा बेल घेरेर दोहोरो चरित्र देखाएकोमा उनले असन्तुष्टि पोखे ।
‘कांग्रेसले पाँच घण्टाको बिचमा दुई वटा रोल प्रयोग गर्यो । एकातिर गृहमन्त्रीलाई संसदमा बोल्न दिने भन्यो । सभामुखले बोल्ने समय दिँदा रोक्यो’, कांग्रेसको भूमिकामाथि असन्तुष्टि पोख्दै उनले भने, ‘भ्रष्टाचारीलाई बेल घेर्न लगाएर सरकारको गतिमाथि अवरोध गर्ने नियत हामीले राम्रैसँग बुझेका छौँ । त्यसकारण कांग्रेसको यो तरिका राम्रो भएन ।’
एमालेले सुन प्रकरणमा यसअघि माग गरेको छानबिन समिति र कांग्रेसले माग गरेको समिति फरक भएको उनको जिकिर छ । ‘हामीले त्यतिबेला जाँचबुझ आयोग २०२६ बमोजिम उच्चस्तरीय जाँचबुझ आयोग माग गरेका हौं । छानबिन राज्यको निकायले गर्ने हो । कुन कानुन बमोजिम समिति बन्छ ? के का लागि समिति बन्छ ? कांग्रेसले नबुझेर बोलेको हो ? दुनियाँलाई गुमराहमा पार्दैछ’, उनले भने ।
उनले कांग्रेसका सांसदले सभामुखलाई गाली बेइज्जती गरेको, धम्क्याएको तथा मशल्स प्रर्दशन गरेकोमा आफू दुःखी भएको भन्दै जसलाई जे जे मन लाग्यो लतारिएर हिँड्ने पार्टी एमाले नभएको बताए । कांग्रेसले संसद् अवरोध गरे पनि सरकारको नीति तथा कार्यक्रम र बजेट संसदबाट नै आउने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा अझै कुप्रथाले जडा गाडेको छ : प्रधानमन्त्री
-
गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ हुँदैन : प्रधानमन्त्री
-
मधेस प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ
-
राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा
-
ई स्पोर्टस टोली उज्वेकिस्तान प्रस्थान
-
वीरेन्द्रनगरमा एमालेको जागरण सभा (तस्बिरहरू)