त्रिविका अवकाशप्राप्त कर्मचारीलाई पेन्सनका लागि जान्छ मासिक २५ करोड
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त शिक्षक कर्मचारीहरूलाई मासिक २५ करोड रूपैयाँ खर्च गर्दै आएको छ । अवकाशप्राप्त शिक्षक कर्मचारीहरूलाई पेन्सनको नाममा मासिक २५ करोड रुपैयाँ भुक्तानी गर्दै आएको हो । आगामी आर्थिक वर्षमा पेन्सनका लागि ३० करोड खर्च गर्नुपर्ने अवस्था आएको त्रिविले जनाएको छ ।
२०९० बाट भने धेरै कर्मचारीहरूले अवकाश पाउने र उनीहरूलाई पेन्सन दिन मासिक ४० करोड खर्च गर्नुपर्ने त्रिविका रजिष्टार प्राडा केदारप्रसाद रिजालले जानकारी दिए ।
यसरी मासिक करोडौँ रुपैयाँ पेन्सनको नाममा खर्च गर्न सक्ने क्षमता त्रिविसँग नरहेको उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयमा १६ हजार २२ जना शिक्षक कर्मचारीको दरबन्दी छ । ती मध्ये धेरै जसो दरबन्दी खाली छ ।
विश्वविद्यालयका विभिन्न निकायहरूमा सात हजार ६७४ कर्मचारी छन् । त्यस्तैगरी ५ अध्ययन संस्थान, ४ सङ्काय र अनुसन्धान केन्द्रहरूमा आठ हजार ३४० शिक्षकहरू छन् ।
यसका अतिरिक्त आङ्गिक क्याम्पसहरूमा करारमा, कोर्स करारमा र आंशिकमा ठुलो सङ्ख्यामा शिक्षकहरू छन् । आङ्गिक क्याम्पसहरूले ठुलो सङ्ख्यामा विश्वविद्यालयको स्वीकृत लिएर आन्तरिक स्रोतबाट तलब दिने गरी करारमा शिक्षकहरूलाई नियुक्ति दिइएको छ । विश्वविद्यालयहरूमा केही केन्द्रीय विभागहरूमा र आङ्गिक क्याम्पसहरूमा केही शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी छैनन्, तर, शिक्षक मात्रै छन् । कहीँ विद्यार्थी सङ्ख्या भन्दा बढी शिक्षक छन् । कुनै सङ्कायमा आवश्यक भन्दा कम शिक्षकहरू छन् ।
त्रिविले जनशक्ति व्यवस्थापन तथा दरबन्दी पुनरावलोकनका लागि समिति गठन गरेको छ । प्राडा नवराज कँडेलको संयोजकत्वमा समिति गठन गरेको हो । उक्त समितिले शिक्षक कर्मचारीको व्यवस्थापन, दरबन्दीको पुनरावलोकन लगायतका विषयमा अध्ययन गरेर त्रिविलाई प्रतिवेदन पेस गर्नेछ ।
समितिले दिएको प्रतिवेदनको आधारमा आवश्यक कार्य अघि बढ्ने रजिष्टार रिजालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
-
पोखरामा भारतीय सेना प्रमुख, वीरता पुरस्कार विजेताहरुलाई सम्मान
-
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा
-
पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते
-
पशुअधिकारका लागि ‘भिगन ग्यालरी’
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन