पुँजी वृद्धि र लगानीकर्ता जुटाउन नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छाबिच सम्झौता
![पुँजी वृद्धि र लगानीकर्ता जुटाउन नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छाबिच सम्झौता](https://npcdn.ratopati.com/media/news/samjhauta_dtlzhQrmbf.png)
काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट र सिमरास्थित होटल इच्छाबिच पुँजी वृद्धि र लगानीकर्ता जुटाउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र होटेल इच्छाको तर्फबाट अध्यक्ष इच्छाबहादुर वाग्लेले दस्तखत गरेका छन् ।
सिमरामा अवस्थित होटल इच्छा हालै मात्र नेपाल सरकार पर्यटन मन्त्रालयबाट स्वीकृत प्राप्त फाइभ स्टार होटल हो । यो होटल २०७३ शालदेखि सञ्चालन हुँदै आएको छ ।
नयाँ इजाजत पाएपछि होटल इच्छा मधेश प्रदेशकै पहिलो फाइभ स्टार होटल भएको छ । सम्झौता बमोजिम होटल इच्छाको पुँजी वृद्धि गर्ने र सो बमोजिम संस्थापक लगानीकर्ता जुटाउनमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले सहयोग र परामर्श दिने सहमति भएको अध्यक्ष वाग्लेले जानकारी दिए ।
फाइभ स्टार होटल सञ्चालनको अनुमति पाइसकेपछि होटल इच्छालाई अन्तरराष्ट्रिय स्तरको बनाउन आवश्यक छ । साथै थप सुविधाहरू जडान गर्न ठुलै पुँजीको आवश्यक पर्दछ । पुँजी वृद्धि पछि लगानीको श्रोत पर्याप्त हुने र आवश्यकता अनुसार स्तर वृद्धि गर्न सजिलो हुने जनाइएको छ । भविष्यमा होटलको पहिचान र दायरा व्यापक बनाउन सर्वसाधारणलाई पनि शेयर जारी गर्ने योजना रहेको कम्पनीको भनाइ छ ।
पूर्व बैंकरहरू समेतको लगानीमा सञ्चालित नेक्सजेन म्यानेजमेन्टले होटल इच्छाको उल्लेखित काम सम्पन्न गर्न परामर्शदाताको रूपमा काम गर्नेछ । सञ्चालनको छोटो अवधिमा नेक्सजेनले लगानी सम्मेलनमा कोरियन लगानी भित्र्याउने सहमति गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वर्षमा अमेरिकाबाट ‘डिपोर्ट’ गरिने भारतीय कति पुगे ?
-
मधेसमा मातृका ब्रान्डको अग्नि परीक्षा
-
राजकुमार एडवार्डसँग बेलायती सेनामा भर्ती भएपछिको खुसी साटासाट (तस्बिरहरु)
-
नेपाली पाइलटहरूबिच एकता र सहकार्यमा जोड
-
सरकारी सुविधा दुरुपयोग गरेको आरोपपछि अस्ट्रेलियाकी यातायात मन्त्रीद्वारा राजीनामा
-
जुम्लामा ११ किलोमिटर सडक निर्माण