आज जेलबाट बाहिर आउलान् अरविन्द केजरीवाल ?
नयाँ दिल्ली । आज भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानत याचिकामा आफ्नो फैसला सुनाउँदै छ । यतिबेला धेरैको चासो केजरीवालले आज अदालतबाट अन्तरिम जमानत पाउलान् कि नपाउलान् भन्ने छ ।
आम आदमी पार्टी (आप)का राष्ट्रिय संयोजक केजरीवाललाई मार्च २१ मा पक्राउ गरिएको थियो र हाल उनी न्यायिक हिरासतमा तिहाड जेलमा छन् । आज न्यायाधीश सञ्जीव खन्ना र दिपङ्कर दत्तको इजलासले मुद्दाको सुनुवाइ गर्नेछ ।
यसअघि बिहीबार, प्रवर्तन निर्देशनालय (ईडी) ले अन्तःशुल्क नीति घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा केजरीवालको अन्तरिम जमानतको मुद्दामा एक प्रतिज्ञा पत्रमार्फत चुनावमा प्रचारप्रसार गर्नु मौलिक हक र संवैधानिक अधिकार दुवै नभएको भन्दै सर्वोच्च अदालतमा विरोध दर्ता गराएको थियो ।
केजरीवालको कानुनी टोलीले ईडीले दायर गरेको शपथ पत्रमा आपत्ति जनाएको छ । लोकसभा चुनावअघि अरविन्द केजरीवाल जेलबाट बाहिर आए भने यो आम आदमी पार्टीका लागि ठुलो राहत हुनेछ । दिल्लीमा मे २५ मा लोकसभा चुनाव हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
-
संविधान होइन हाम्रो दिमाग संशोधन गरौँ : सुदन किराती
-
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
-
शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल
-
मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग पर्छ : मुख्यमन्त्री आचार्य
-
३०औँ संस्करणको क्यान इन्फोटेक २०२५ सुरु, ६० प्रतिशतसम्म छुट