छानबिन समिति बनाए कांग्रेसले रवि लामिछानेको राजीनामा माग्छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले उपप्रधानमन्त्री रवि लामिछानेलाई जबरजस्त दोषी करार गर्न लागिपरेको बताएका छन् । शुक्रबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले उजुरबाजुर कतै केही नभएको अवस्थामा कांग्रेसले लगातार छानबिन समितिको माग गरेर छुद्र राजनीति गरेको बताए ।
उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका लामिछानेमाथि प्रश्न उठाउने तर बोल्न समेत नदिने गरेर अराजनीतिक व्यवहार गरिरहेको बताए । ‘प्रतिशोधी र स्वार्थ केन्द्रित राजनीति मात्र होइन’, ओलीले भने, ‘नेपाली कांग्रेसको यस्तो तरिका फेयर छैन ।’ उनले साँच्चै छानबिन र कारबाही गर्नु स्वाभाविक भएको भन्दै कसैलाई धक्का र सनक चढेका भरमा छानबिन गर्ने हो भने सबैका विरुद्ध उजुरी पर्ने बताए ।
‘हामीले राजीनामा मागेका छैनौ भन्नुभयो उहाँहरूले । राजीनामा अहिले मागेको पो छैन । केही पनि नहुँदा समिति बनाऔँ भन्नेहरूले समिति बनिसकेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद्ले समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ? भनेर तत्काल राजीनामाको खेल सुरु गर्नुहुन्छ’, ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा