कांग्रेस संसदीय समिति बैठक
कांग्रेसले भन्यो– संसदीय छानबिन समिति बटमलाइन
शुक्रबार, २८ वैशाख २०८१, १२ : १८

काठमाडौँ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति कांग्रेसको बटमलाइन भएकाले त्यसबाट पछि नहट्ने दलको बैठकले निर्णय गरेको जानकारी दिएका छन् ।
‘रवि लामिछानेबारे संसदीय छानबिन समितिको मागबारे औचित्य पुष्टि भइसकेको छ । अब यो माग कांग्रेसको मात्र नभएर नेपाली जनताकै भएको छ’, लेखकले भने, ‘यदि सरकार विपक्षको मागलाई सम्बोधन गर्न तयार भएन भने सदनका बैठक प्रभावित भएमा त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने निर्णय गरेको छ ।’
नेता लेखकले आजको बैठकमा आफूहरू कुरा राख्ने र त्यसपछि संसद्मा को को बोल्न माग गर्छन् सोही अनुसार अघि बढ्ने बताए ।
‘हामी आफ्ना कुरा राख्छौ । त्यसपछि को–को बोल्छन् त्यसका आधारमा अघि बढ्छौ’, लेखकको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा बढेन चैते धानको खेती
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित