खर्च कटौतीको विरोधमा अर्जेन्टिनामा व्यापक प्रदर्शन

ब्यूनस आयर्स । सार्वजनिक खर्च कटौतीको विरोधमा अर्जेन्टिनामा आम हडताल भएको छ । यस क्रममा बिहीबार विद्यालय, बैंक र व्यावसायिक केन्द्रहरू पनि बन्द भएका छन् । रेल र मेट्रो सेवा बन्द रहँदा बस सेवा पनि सीमित मात्रामा सञ्चालनमा आएको थियो ।
यो २४ घन्टे हडताल राष्ट्रपति जाभेएर मिलेका लागि चेतावनी भएको कर्मचारी सङ्गठनहरूले बताइरहेका छन् । केही सरकारी अनुदान र सामाजिक कार्यक्रमको खर्चमा गरिएको कटौतीबारे पुनर्विचार गर्न सरकारलाई अनुरोध गरिएको छ ।
डिसेम्बरमा सत्तामा आएयता नै दक्षिणपन्थी अर्थशास्त्री मिलेइले व्यापक रूपमा खर्च कटौतीका उपायहरू लागू गरिरहेका छन् । अर्जेन्टिनाको सार्वजनिक घाटा कम गर्न र उच्च महँगी दरमा अङ्कुश लगाउन यी उपायहरू आवश्यक रहेको उनको भनाई छ । अर्जेन्टिनाको वार्षिक मुद्रास्फीति दर झन्डै ३०० प्रतिशत हाराहारीमा छ । आफ्नो सरकारले कर्मचारी सङ्गठनहरूलाई कयौँ छूट दिइसकेको भन्दै राष्ट्रपतिले बन्द हडतालको आलोचना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रणमैदान बन्यो तीनकुने क्षेत्र, प्रदर्शनकारी तितरबितर, केही प्रदर्शनकारी घाइते
-
बुद्धको सन्देशलाई विश्वभर फैलाउनु पर्छः पूर्व राष्ट्रपति भण्डारी
-
तीनकुनेमा तोडफोडमा उत्रिए राजावादी (तस्बिरहरू)
-
राजावादी प्रदर्शनकारीले ढुंगामुढा गरेकै घरमा आगलागी
-
अखिल नेपाल खेलकुद महासंघको निर्णयः प्रचण्ड कप राष्ट्रिय भलिबलदेखि पूर्वजनमुक्ती सेना राष्ट्रिय फुटबल आयोजनासम्म
-
राजावादीको कार्यक्रम बिथोलियो, तीनकुने क्षेत्र अशान्त–घरमा आगलागी