जसपा विभाजन भएपनि सरकार सुरक्षित छ : प्रवक्ता सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारमाथि कुनै सङ्कट नभएको बताएका छन् । सत्ता घटक जनता समाजवादी पार्टी विभाजन भएपश्चात् सरकारको भविष्यलाई लिएर विभिन्न आशङ्का उब्जिएको बेला सापकोटाले सरकार सुरक्षित रहेको बताएका हुन् ।
‘सरकारमा सहभागी दल नै विभाजन भएको अवस्थामा बाहिर विभिन्न हल्ला भइरहे पनि सरकार सुरक्षित छ । जसपा विभाजनले तत्काल सरकारमाथि कुनै खतरा छैन’, शुक्रबार रातोपाटीसँग उनले भने ।
संसदमा प्रतिपक्षी दल कांग्रेसले जारी राखेको अवरोध हटाउन पहल भइरहेको भएपनि ठोस निष्कर्षमा नपुगेको सापकोटाले बताए । सोमबार जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई समूहले पार्टी विभाजन भएको थियो । तर जसपाका दुवै समूहले सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । यद्यपि एकीकृत समाजवादीले साथ दिएको खण्डमा जसपाका दुवै समूह गठबन्धनबाट बाहिरेपछि सरकार सुरक्षित रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिराखेको ट्रकमा ठोक्कियो यात्रुवाहक बस
-
शिक्षकका माग सम्बोधन गर्नुपर्छ भन्ने मन्त्रीलाई पदबाट हटाइयो : सांसद शर्मा
-
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
-
शिक्षक आन्दोलनका क्रममा सरकारले दमन गरेको भन्दै विपक्षी दलको विरोध
-
क्यानडाको निर्वाचनमा सबैभन्दा ठुलो मुद्दा बने ट्रम्प
-
भ्रष्टाचार काण्ड लुकाउन राजावादीले आतङ्क मच्चाए भनिँदैछ : सांसद सिंह