लगातार ४९औँ खेलमा अपराजित रहँदै बायर लेभरकुजन युरोपा लिगको फाइनलमा

काठमाडौँ । जर्मन क्लब बायर लेभरकुजन युरोपा लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । जारी सिजनको बुन्डेस लिगा च्याम्पियन बायर लेभरकुजन बलियो इटालियन क्लब रोमालाई हराउँदै फाइनलमा पुगेको हो ।
सेमिफाइनलको दोस्रो लेग खेलमा बिहीबार राति बायर लेभरकुजनले रोमालाई २–२ गोलको बराबरीमा रोक्यो । उक्त नतिजासँगै बायर लेभरकुजनले आफ्नो अपराजित यात्रा पनि ४९ खेल पुर्याएको छ । यसअघि सेमिफाइनलको पहिलो लेग खेलमा बायर लेभरकुजनले रोमालाई २–० गोलले हराएको थियो ।
बायर लेभरकुजन ४–२ कुल गोल भिन्नताका आधारमा फाइनलमा पुगेको हो । सेमिफाइनलको दोस्रो लेग खेल लेभरकुजनको घरेलु मैदानमा खेलिएको थियो । दोस्रो लेग खेलमा बायर लेभरकुजनले उत्कृष्ट पुनरागमन गरेको थियो ।
खेलको ४३औँ मिनेटमा रोमाका लागि लियान्ड्रो पेरेडसले पेनाल्टीमार्फत गोल गरेका थिए । ६६औँ मिनेटमा उनले नै पेनाल्टीमार्फत गोल थप्दै रोमालाई २–० ले अगाडि बढाएका थिए । त्यसपछि खेलमा बायर लेभरकुजनले उत्कृष्ट पुनरागमन गरेको थियो ।
निर्धारित समयको ८२औँ मिनेटमा भ्रमणकारी टोली रोमाका जियानलुका मान्सिनीबाट आत्मघाती गोल भएको थियो । इन्जुरी समयको सातौँ मिनेटमा जोसिप स्टानिसिचले अर्को गोल गर्दै लेभरकुजनलाई सम्भावित हारबाट जोगाएका थिए ।
बायर लेभरकुजनले आफ्नो अपराजित यात्रा पनि ४९ खेल पु¥याएको छ । त्यसमध्ये ४० खेलमा बायर लेभरकुजनले जित हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
-
सेन्ट जेभियर्स कलेजमा राष्ट्रियस्तरको ४८ घण्टे ह्याकाथन सम्पन्न