आमाबाबु बन्दै जस्टिन र हेली
![आमाबाबु बन्दै जस्टिन र हेली](https://npcdn.ratopati.com/media/news/jastin_dM2pcFJoB7.jpg)
काठमाडौँ । क्यानेडियन गायक जस्टिन बिबर र उनकी श्रीमती हेली पहिलो सन्तानको अभिभावक बन्ने भएका छन् । जोडीले एक भिडियो र तस्बिर इन्स्टाग्राममा शेयर गर्दै आफूहरू आमाबाबु बन्न लागेको जानकारी दिएका हुन् । तस्बिर र भिडियोमा २७ बर्सिया हेलीलाई सेतो लेस पहिरनमा देख्न सकिन्छ ।
उनीहरूलाई अमेरिकी रियालिटी स्टार किम कार्दासियन र मोडल गिगी हदिदले इन्स्टाग्राममार्फत बधार्य दिएका छन् । हेली र ३० वर्षे जस्टिनले सन् २०१८ मा न्यूयोर्कमा निजी समारोहमा विवाह गरेका थिए ।
भिडियोमा दुवैलाई रोमान्टिक भावमा चुम्बन गर्दै गरेको देख्न सकिन्छ । हेलीका प्रतिनिधिले हेली ६ महिनाको गर्भवती रहेको बताएका छन् । हेली अभिनेता स्टेफेन बेल्डविनकी छोरी हुन् । १३ वर्षमा गायक बनेका जस्टिन गीत ‘बेबी’, ‘लभ मी’ र ‘यमी’का कारण विश्वमाझ चर्चित बने । हेली स्किनकेयर लाइन रोधेकी संस्थापक पनि हुन् ।
गत वर्ष रामसे हन्ट नामक अनुहारको पक्षाघात हुने रोगका कारण जस्टिनले विश्वव्यापी गर्न लागेको ‘जस्टिस’ टुर रद्द गर्नु परेको थियो ।