नेसपाले ‘केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम’ गर्ने

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समितिले ‘केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम’ गर्दैछ। समितिले आज र भोलि देवचुली नवलपुरमा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो।
नेसपा केन्द्रीय प्रचार प्रसार विभागका अनुसार सोनामसिं स्याङ्तानले सांगठनिक विषयमा प्रशिक्षण दिनेछन् भने हिसिला यमि, भक्तबहादुर शाह र जनकराज शाहले आर्थिक, उत्पादन तथा स्वरोजगार, नीति तथा योजना विषयमा प्रशिक्षण दिनेछन्।
त्यसैगरी प्रचार प्रसार तथा सूचना प्रविधि (आईटी) बारे मानुषी यमि भट्टराई र कपिल काफ्लेले, अभियान सञ्चालन तथा जनपरिचालनबारे घमानसिं गुरुङले, कानुन, न्याय, स्थानीय तह र सरकारबारे कृष्ण शर्मा र डा.मुक्ति रिजालले प्रशिक्षण दिनेछन्।
अर्थतन्त्रका बारेमा डा।रेशम थापा र नेतृत्व प्रणालीका बारेमा राजु केसीले प्रशिक्षण दिने प्रचार प्रसार विभागले जनाएको छ।
त्यसैगरी नेसपा महाधिवेशन आयोजक समिति संयोजक डा।बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको सैद्धान्तिक र वैचारिक पक्षको मार्गनिर्देशका विषय प्रशिक्षण बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक