सामूहिक बलात्कार आरोपमा पोखराबाट ३ जना पक्राउ

पोखरा । पोखराबाट सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ परेका छन् । गत २४ गते उनीहरूलाई अमरसिंह चोकबाट पक्राउ गरिएको हो । मादी गाउँपालिका ९ का ३६ वर्षीय चन्द्रबहादुर थापा, पोखरा १२ का ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियार पक्राउ परेका हुन् ।
उनीहरुले खाजा खान जाम भनि बसमा लगेर बलात्कार गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ । `खाजा खान जाम भनी ललाई फकाई खेलकुद मैदानमा पार्किङ गरी राखेको बस भित्र लगी बियर समेत सेवन गर्न लगाएको भेटियो,´ कास्की प्रहरी डीएसपी वसन्तकुमार शर्माले भने, `त्यसपछि पालैपालो जबरजस्ती करणी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।´
तीनै जनालाई जिल्ला अदालतबाट जबरजस्ती करणी (सामूहिक) मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको शर्माले बताए । `लामो समय गाडीको ढोका बन्द रहेको र सीआरभीले खोल्दा आपत्तिजनक अवस्थामा भेटियो,´ उनले भने, `महिला काठमाडौँबाट आएको भन्ने छ । घटनाबारे प्रस्ट हुन बाँकी छ ।´
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा
-
कैलालीमा प्रहरी प्रमुख विष्टको सरुवा, बाल नरसिंह राणा आउँदै
-
आठ वर्षपछि दिल्लीलाई उसैको मैदानमा हराउने धुनमा कोलकाता
-
रुख काट्ने क्रममा च्यापिएर मृत्यु
-
थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै
-
‘सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’