गठबन्धन फेर्ने गतिविधि ‘अन्डरकरेन्ट’ रूपमा चलिरहेको थियो : अध्यक्ष राई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईले पार्टी विभाजनअघि वर्तमान गठबन्धन फेर्ने गतिविधि भित्रीरूपमा चलिरहेको स्वीकार गरेका छन् । बिहीबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राईले सो कुरा बनाएका हुन् ।
गठबन्धनको अङ्कगणित कायम राख्न पार्टी विभाजन गरेको आरोपबारे प्रष्टीकरण दिँदै राईले आफूहरू राजनीतिक स्थायित्वको पक्षमा रहेको जिकिर गरे । ‘अङ्कगणित त मिलेकै थियो । तर अलिकति फेरफार गर्न केही गतिविधि अन्डरकरेन्ट चलिरहेका थिए । यो संवेदनशील थियो । हामी सतर्क हुनुपर्ने अवस्था थियो । हामी देश अस्थिरताको शिकार हुने अवस्था रहनुहुँदैन भन्नेमा सचेत थियौँ,’ उनले भने ।
अध्यक्ष राईले विभाजन पछि पनि आफ्नो पार्टी अपवाद बनेर स्थापित हुने जिकिर गरे । काम गर्ने तरिका शैली परिवर्तन गर्नुका साथै गतिविधि पारदर्शी र जनमुखी बनाएर जाँदा दललाई स्थापित गर्न सकिने उनले विश्वास व्यक्त गरे ।
उनले भने, ‘आजसम्म जसपा नेपालले जसरी नेतृत्व प्रदान गर्ने काम भयो, त्यसले उन्नति गर्न सकेन । मधेस प्रदेशमा मत घट्दै गयो । चुनाव जित्न पनि ४–५ वटा दलले साझा उम्मेदवार बनाउनुपर्ने स्थिति पैदा भएको छ । पार्टीको घट्यो साख र जनताको आकर्षणलाई पुनर्स्थापित गर्न सकिन्छ र गर्नुपर्छ भन्ने अठोटका साथ आएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म