महाधिवेशनबाट एक जनालाई श्रीपेच लगाउन खोजेपछि पार्टी विभाजन भयो : अध्यक्ष राई

काठमाडौँ । नवगठित जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईले जसपा नेपालको महाधिवेशनलाई एकताको महाधिवेशन नबनाएर कुनै एक व्यक्तिलाई श्रीपेच लगाउने गरी अघि बढाएपछि पार्टी विभाजन गर्न बाध्य बनेको स्पष्टीकरण दिएका छन् । उनले महाधिवेशनबाट पार्टीको समस्या समाधान गर्नेभन्दा पनि पार्टीलाई कब्जा गर्ने रणनीति लिइएको आरोप लगाएका हुन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा ‘आसन्न महाधिवेशनमा अल्मतमा पर्ने देखेपछि पार्टी विभाजन गर्नुभएको हो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष राईले भने, ‘यहाँ अल्पमत र बहुमतको कुरा भएन । महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको थियो । पार्टीभित्रको अन्तर्विरोध र समस्यालाई समाधान गर्न र अगाडिको मार्ग प्रशस्त गर्ने यसको उद्देश्य थियो । तर, यहाँ कुनै नेतालाई श्रीपेचलाई लगाउन खोजियो । पार्टी कब्जा गर्ने रणनीति देखियो ।’
उनले महाधिवेशनका लागि प्रतिनिधि छनोटप्रति नै प्रश्न उठाए । उनले अनियमित ढङ्गले महाधिवेशन प्रतिनिधि छनोट गरिएको दाबी गरे । ‘१० दिन १० रात लगाएर सदस्य थप्ने । तर सदस्यताको रेकर्ड र प्रमाणीकरण गर्न नपाइने । संगठित सदस्यता र पार्टी सदस्यता हुनुपर्नेमा त्यो भिन्न पनि गरेको छैन । प्रमाणीकरण गरेर महाधिवेशन गरौँ भन्दा त्यो फारम कहाँ छ, किन गर्ने भन्ने अस्वीकार गर्ने स्थिति भयो,’ उनले भने, ‘महाधिवेशनमा प्रतिनिधि छनोटको अनुपात पनि सन्तुलित ढङ्गले गरिएन ।’
यता पार्टी महासचिव इस्तियाक राईले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूभन्दा सिनियर नेतालाई सम्मान गर्न नजानेको आरोप लगाए । कुनै शीर्ष नेताले यादवको स्वेच्छाचारी चरित्र प्रश्न उठाउँदा ती नेतालाई विस्थापित गर्ने गरेको उनले जिकिर गरे ।
‘अध्यक्ष अशोक राई केन्द्रीय उपाध्यक्ष हुँदा उपेन्द्र यादव जिल्ला कमिटीमा हुनुहुन्थ्यो । तैपनि उहाँको नेतृत्व स्वीकार गरेर अघि बढ्नु भयो । तर, उहाँले महन्थ ठाकुर, बाबुराम भट्टराईजस्ता सिनियर नेताहरूलाई पनि सम्मान गर्न सक्नु भएन । जसले गर्दा पार्टी पटक–पटक विभाजन हुँदै आयो,’ उनको आरोप थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट
-
भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन
-
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य
-
रौतहटका स्थानीय तहको बेरुजु ११ अरब नाघ्यो