भारत भ्रमणमा मालदिभ्सका विदेश मन्त्री, सुध्रिएला सम्बन्ध ?

नयाँ दिल्ली । पछिल्लो केही समययता भारत र मालदिभ्सको सम्बन्ध तनावपूर्ण बनेको छ । यस्तोमा मालदिभ्सका विदेश मन्त्री भारतको भ्रमणमा आएका छन् ।
मालदिभ्सबाट भारतीय सेना फिर्ताको लागि दिइएको समयसीमा सकिनु एक दिनअघि विदेश मन्त्री मूसा जमिर भारत आएका छन् । मूसाको यस भ्रमण अघि नै मालदिभ्सका पयर्टनमन्त्री इब्राहिम फैजलले भारतीय पर्यटकहरूलाई मालदिभ्स घुम्न आउन अनुरोध गरेका थिए ।
केही महिना अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लक्षद्विप भ्रमणमा गएका थिए । मोदीले सामाजिक सञ्जालमा त्यहाँको केही तस्बिरहरू पोस्ट गरेर भारतीयहरूलाई घुम्नका लागि लक्ष्यद्विप जान अनुरोध गरेका थिए । सो पोस्टमा मालदिभ्सका केही अधिकारीहरूले आपत्तिजनक प्रतिक्रिया दिएपछि भारतीय पर्यटकहरूमाझ मालदिभ्स बहिष्कार अभियान चलाएका थिए । मालदिभ्सका विदेश मन्त्रीको भारत भ्रमणले दुई देशबिचको सम्बन्ध सुधार्ने आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको छ : परराष्ट्रमन्त्री
-
सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद
-
साँफेहाटबजार आगलागीबाट प्रभावितलाई प्रदेश सरकारद्वारा १० लाख सहयोग घोषणा
-
अछाम साँफेबगर हाटबजारमा आगलागी, ३ करोडभन्दा बढीको क्षति
-
दाइलाई भित्री वस्त्रमा हिँडेको देखेपछि पत्नीको हत्या
-
रिमालको ‘आमाको सपना’मा ‘त्यो’ आउनुको तात्पर्य