लन्डन आएर पनि ह्यारीले राजा चार्ल्सलाई नभेट्ने

लन्डन । बेलायती शाही परिवारमा राजा चार्ल्स कान्छा छोरा राजकुमार ह्यारीसँग असन्तुष्ट छन् । हयारीको आत्मकथा सार्वजनिक भएयता दुईबिचको सम्बन्ध झनै चिसो बनेको छ । लन्डन भ्रमणमा रहेका राजकुमार ह्यारीले चार्ल्सलाई नभेट्ने भएका छन् ।
बेलायती राजपरिवारसँग सम्बन्धित व्यक्तिहरूले सो कुराको जानकारी दिएका हुन् । राजकुमार ह्यारी इनभिक्टस गेम्सको १० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन लन्डन पुगेका छन् ।
राजा चार्ल्सको व्यस्त तालिकाका कारण ह्यारीले उनलाई नभेट्ने ह्यारीका प्रवक्ताले सञ्चारमाध्यमलाई भनेका थिए । तर शाही परिवारका टिप्पणीकर्ता चार्लेट ग्रिफिथ्सकाअनुसार चार्ल्सलाई भेट्न ह्यारीले केही शर्त राखेका छन् ।
चार्ल्सले ती शर्त नमानेपछि बाउछोराको भेटघाट नहुने भएको हो । ह्यारीले पितालाई भेट्दा कोठामा को बस्ने र को नबस्ने भन्ने निर्णय आफ्नो हुने बताएका थिए । तर चार्ल्सले ह्यारीको यो शर्त मानेनन् ।
ह्यारीको आत्मकथाका कारण रिसाएका छन् चार्ल्स
ह्यारी इनभिक्टस खेलहरूको आयोजनाका लागि लन्डन पुगेका हुन् । यो समारोहमा सामेल हुन ह्यारीले शाही परिवारका सदस्यहरूलाई पनि निम्तो पठाएका थिए । अहिलेसम्म शाही परिवारका सदस्यहरूले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
ह्यारी श्रीमती मेगन र बच्चासँग अमेरिकामा बस्छन् । हालै, नेटफ्लिक्सको एउटा डकुमेन्ट्री र ह्यारीको आत्मकथा ‘स्पेयर’मा शाही परिवारसँग सम्बन्धित धेरै खुलासा भएको थियो । जसका कारण राजा चार्ल्स राजकुमार ह्यारीसँग रिसाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वैदेशिक भ्रमणमा रोक लगाउने राखेपको पत्राचार असंवैधानिक’
-
शिरोमणि आचार्यको योगदान अतुलनीय : भूपाल राई
-
युक्रेनी सैनिकलाई जीवनदान दिन पुटिनसँग ट्रम्पको आग्रह
-
‘चलचित्र उत्सव’ मा ‘बसाइँ’ को विशेष प्रदर्शन
-
गोरखाको इतिहास अध्ययन र प्रवर्द्धन गर्न ‘स्रष्टा पदयात्रा’
-
आन्तरिक विवादका बिच होला त जनमत र नागरिक उन्मुक्तिबिच एकता ?