कोशी प्रदेश : हस्ताक्षर सनाखत सुरु

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि हस्ताक्षर सनाखत सुरु भएको छ । कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि बिहीबार प्रदेशसभा सदस्य हिक्मत कुमार कार्कीले दाबी पेस गरेका थिए ।
विश्वसनीय आधारसहित दिगो सरकार गठनका लागि बिहीबार १२:३० बजे दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका सम्पूर्ण प्रदेशसभा सदस्यहरूलाई प्रदेश प्रमुखको कार्यालयको सभाहलमा प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचय पत्रसाथ उपस्थित भई सनाखत गर्न भनिएको थियो । सोही अनुसार सनाखत प्रक्रिया सुरु भएको हो ।
यसअघि प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नसक्ने कोशी प्रदेश सभाका कुनै पनि सदस्यलाई वैशाख २८ गते शुक्रबार अपरान्ह ५:०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका थिए । सोही अनुसार बिहीबार साढे ११ बजे कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि कार्कीले ५२ जना प्रदेश सभा सदस्यहरूको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते