राजनीति
कांग्रेस संसदीय दलको बैठक स्थगित
बिहीबार, २७ वैशाख २०८१, १० : ५१

काठमाडौँ । कांग्रेस संसदीय दलको बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ ।
पूर्वमन्त्री, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित गरिएको हो । गुरुङको बैशाख २५ गते निधन भएको थियो भने आज अन्त्येष्टि गरिँदैछ ।
शुक्रबारदेखि सुरु हुने संसद बैठकमा पार्टीको रणनीति तय गर्न कांग्रेसले बिहीबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हालमा बैठक बोलाएको थियो ।
कांग्रेस संसदीय दलको कार्यालयका अनुसार अब संसदीय दल कार्यसमितिको बैठक शुक्रबार विहान ८ बजे र संसदीय दलको बैठक ८ः३० बजे तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती नगरपालिकाका निलम्बित मेयर थापाविरुद्ध तेस्रो मुद्दा
-
एमालेमा लाग्दा भड्काउने प्रयास भयो : सुनिता डंगोल
-
४ लाख रुपैयाँको लागुऔषध ट्रामाडोलसहित २ जना प्रहरीकाे नियन्त्रणमा
-
बालेनले उठाए गम्भीर सवाल: सरोज गुरागाईंले गोप्य तरिकाले नक्सा पास गर्नुपर्ने के थियो कारण ?
-
परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छ : डा.प्रकाशशरण महत
-
बागमतीमा धमाधम बजेट निर्माण, कुन मन्त्रालयलाई कति सिलिङ ?