बागमती प्रदेशसभा २ समितिको बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशसभा अन्तर्गतको २ वटा संसदीय समितिको बैठक बस्दै छ । प्रदेशसभा अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठक बस्ने भएको हो ।
राजनीतिक परिस्थिति र सत्ता समीकरणले प्रभावित बन्दै आएको संसदीय समितिको बैठक बस्ने तय भएको हो । यसअघि गत वैशाख ३ गते बोलाइएको शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । सो पश्चात् आह्वान हुन नसकेको संसदीय समितिको बैठक गत वैशाख २१ गते प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठकमा छलफल गरी सहमति गरेसँगै आह्वान गरिएको हो ।
आज बिहीबार दिउँसो १ बजे प्रदेशसभा सचिवालय हेटौँडामा बैठक बस्ने तयारी रहेको छ । उद्योग पर्यटन तथा वातावरण समितिको बैठकमा प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ र सचिवको उपस्थितिमा प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथिको दफावार छलफल हुनेछ ।
त्यस्तै शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठकमा विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र प्रदेश स्वास्थ्य ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको दफावार छलफल हुने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
-
युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार
-
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा
-
नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
-
पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा
-
एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड प्रदान [तस्बिरहरु]