५१९ जना इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे?

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ५१९ जना इन्स्पेक्टरको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार जेठ महिनाको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी इन्स्पेक्टरहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रभाग नागढुंगामा हेम कुमार थपलियालाई सरुवा गरिएको छ । इन्स्पेक्टर हरि वलीलाई जिल्ल ट्राफिक प्रहरी कार्यालय धनुषामा पठाइएको छ । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा सोनु कुमार शाह, महोत्तरी स्थित इलाका प्रहरी कार्यालय गौशालामा सूर्यबहादुर राना मगर र बारा स्थित इलाका प्रहरी कार्यालय प्रसौनीमा सुरेशराज भट्टलाई पठाइएको छ ।
सुरज खत्रीलाई कपिलवस्तु स्थित इलाका प्रहरी कार्यालय कृष्णनगरमा सरुवा गरिएको छ । इलाका प्रहरी कार्यालय निजगढमा सुमित कुशवाहा र सर्लाहीको इलाका प्रहरी कार्यालय लालबन्दीमा सुजन पाठकलाई पठाइएको छ ।
धादिङको इलाका प्रहरी कार्यालय खानीखोलामा सिताराम विष्टलाई सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत