थाइल्याण्डमा गाँजाको प्रयोगमा फेरि प्रतिबन्ध लगाउने तयारी

बैंकक । थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले गाँजाको प्रयोगलाई फेरि देशमा गैरकानुनी बनाउने बारेमा सोचिरहेको बताएका छन् । ठुलो सङ्ख्यामा युवा गाँजाको लतमा फसेको र यसका कारण देशको भविष्य बरबाद भइरहेको उनको भनाइ छ ।
उनले गाँजालाई स्वास्थ्य र औषधीय प्रयोगमा मात्रै सीमित राख्नुपर्ने बताए । थाइल्याण्डमा दुई वर्षअघि मात्र गाँजामाथिको प्रतिबन्ध हटाइएको थियो। त्यसो गर्ने यो एसियाकै पहिलो देश थियो।
देशमा गाँजा व्यवसायलाई कानुनी मान्यता दिएपछि थाइल्याण्डमा लागु औषधको साम्राज्य फस्टाउन थाल्यो । सन् २०२५ सम्ममा यो उद्योग एक अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ ।
थाइल्याण्डमा सन् २०२२ को जुनसम्म गाँजा राखेमा ५ वर्षसम्मको सजायको व्यवस्था थियो र त्यसलाई खेती गरे १५ वर्षसम्मको जेल सजाय हुनसक्ने व्यवस्था थियो । जबकि अन्य लागु औषध अपराधमा मृत्युदण्डको सजाय थियो।
थाई राजनीतिमा गाँजा महत्त्वपूर्ण मुद्दा भएको छ। विपक्षी दलले ऐन ल्याउन हतार गरेको भन्दै नियम र निर्देशिकाबारे जनतामा अन्योल सिर्जना भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?