हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ

रौतहट । हेलमेटभित्र लुकाई छिपाई लागुऔषध ओसार्ने दुई युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोटरसाइकल चालक नुवाकोट पञ्चकन्या गाउँपालिका ३ का २७ वर्षीय विवश कार्की र पछाडी सवार चितवन भरतपुर ७ का ३१ वर्षीय बबी तामाङ रहेका छन् । उनीहरुलाई लागुऔषसहित पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले बताए ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले बाराको जीतपुर सिमरा २१ अमलेखगञ्जबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको प्र.३–०२–००९ प ४७३८ नम्बरको मोटसाइकल चेकजाँच गर्दा हेलमेटभित्र लुकाई छिपाई राखेको नोरफिन इन्जेक्शन एम एलको १८ एमपुल, फेनारागन १७ एमपुल र डाईजोपाम १८ एमपुल बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजना माथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन
-
उदण्ड प्रदर्शनका दोषीमाथि कानुनी कारबाही गर्न महासंघको माग
-
स्टुआर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्र समर्थकको उद्दण्ड प्रदर्शनमा दुई जनाको मृत्युदेखि कर्फ्यू आदेश र सेना परिचालनसम्म
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा