विश्वभरका बजारबाट कोभिड खोप फिर्ता लिने एस्ट्राजेनेकाको निर्णय
![विश्वभरका बजारबाट कोभिड खोप फिर्ता लिने एस्ट्राजेनेकाको निर्णय](https://npcdn.ratopati.com/media/news/covid-vaccine_coIoDaj3tJ.jpg)
काठमाडौँ । फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरका बजारबाट आफ्नो कोभिड खोप फिर्ता लिने बताएको छ । कम्पनीले आफ्नो आधिकारिक विज्ञप्तिमा यसलाई विशुद्ध व्यावसायिक निर्णय भनेको छ।
एस्ट्राजेनेकाका अनुसार कोभिडका नयाँ भेरियन्टलाई लक्षित गर्ने अन्य धेरै खोप बजारमा उपलब्ध भएपछि माग घटेको छ। एस्ट्राजेनेकाले भर्खरै बेलायती अदालतमा पेश गरेको कागजातमा पहिलो पटक कम्पनीको कोरोना भ्याक्सिनले केही मानिसहरूमा असामान्य साइड इफेक्टहरू निम्त्याउन सक्ने स्वीकार गरेको छ ।
कोरोना खोप पाएका धेरैले मिलेर यो औषधि कम्पनीविरुद्ध खोपको साइड इफेक्टको क्षतिपूर्तिको लागि मुद्दा दायर गरेका छन् । यो खोपका कारण आफूले धेरै आफन्त गुमाएका र अन्य धेरै अवस्थामा कम्पनीको कोरोना खोपनले मानिसलाई गम्भीर नोक्सान पुर्याएको यो मुद्दा दायर गर्ने कतिपयले बताएका छन् ।
तर, धेरै अध्ययनले एस्ट्राजेनेकालगायत विभिन्न कम्पनीको कोरोना भ्याक्सिनले विश्वभर करोडौँ मानिसको ज्यान बचाएको दाबी पनि गरेको छ । एस्ट्राजेनेकाले मात्र पहिलो वर्षमा ६० लाखभन्दा बढी मानिसको जीवन बचाएको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति मण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ
-
सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसदबाट पास गर्छौं : सञ्चारमन्त्री
-
एआईजी थापा इनसीबी कन्फरेन्समा सहभागी