वर्षापछि वायु प्रदूषण घट्दै
_ODCOrqR0ci.jpg)
काठमाडौँ । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौँ उपत्यकालगायत मुख्य सहरको वायु प्रदूषण घट्न थालेको छ । ‘एयर क्वालिटि इन्डेक्स’ को बुधबारको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ८९ मा झरेको छ । सो तथ्याङ्क अनुसार मङ्गलबार दिउँसो भने गुणस्तर सूचकांक (एक्यूआई) एक सय २७ सम्म पुगेको थियो भने गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय ५६ पुगेको वायु प्रदूषण घटेर आज ८९ मा झरेको हो ।
एक साताअघि काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचिकृत भएकामा आज भने घटेर १२ औँ स्थानमा उक्लिएको छ । बुधबार भारतको राजधानी दिल्ली विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचिकृत भएको छ । दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ५९ पुगेको छ । जसलाई अस्वस्थ वायु मानिन्छ । यसैगरी विश्वको दोस्रो प्रदूषित सहरमा आज कङ्गो छ । त्यहाँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ५२ पुगेको छ ।
डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म वर्षाका कारण मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलो पनि नियन्त्रण हुँदै गएपछि वायु प्रदूषण न्यूनीकरणमा सहयोग पुगेको बताए । वन डढेलोका कारण वायु प्रदूषण बढ्ने भएकाले वर्षाअघि ह्वात्तै बढेको प्रदूषण पनि कम हुँदै गएको उनको भनाइ छ ।
विपत व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले पनि अझै केहीदिन वर्षा हुने एकाले वायु प्रदूषण पनि कम हुँदै जाने बताए । उनका अनुसार शून्यदेखि ५० सम्मको वायु गणस्तर एक्युआइ राम्रो (हरियो संकेत) मानिन्छ । ५१ देखी एक सयसम्मको एक्युआइलाई होसियार रङ्ग अथवा पहेँलो संकेत, एक सय एकदेखि एक सय ५० सम्मलाई अस्वस्थ मान्ने गरिएको छ, जसले स्वासप्रसास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ । त्यस्तै, एक सय ५१ देखि दुई सयसम्मको एक्युआइले सबैलाई असर गर्ने, दुई सय एकदेखि तीन सयलाई धेरै अस्वस्थ र सोभन्दा माथि चार सयलाई खतरनाक र चार सयदेखि माथि चार सय ५० लाई धरै खतरा मान्ने गरिएको उप्रेतीले बताए ।
नेपाल सरकारले निर्धारण गरेको काठमाडौँ उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि एक्युआइको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने बताएको छ । वायु प्रदूषण रोक्न फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरूलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्नुपर्ने सोही कार्ययोजनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको चैत महिना ? हेर्नुहोस् मासिक राशिफल
-
समाजवादी मोर्चाको बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
युद्धविराम प्रस्ताव : जेलेन्स्कीलाई पुटिनमाथि ठूलो शंका
-
तराई तथा मधेसमा आज होली मनाइँदै
-
मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, आज कहाँ कहाँ हुन्छ वर्षा ?