एन्फामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गोरखा फुटबल सङ्घका सदस्य अमित खत्रीले एन्फाका अध्यक्ष, महासचिव र कोषाध्यक्षको मिलेमतोमा भ्रष्टाचार र अनियमितता भएकाले गम्भीरतापूर्वक छानबिन गर्न बुधबार निवेदन दिएका हुन् ।
‘अखिल नेपाल फुटबल संघ (एन्फा) मा भ्रष्टाचार, बेथिति र आर्थिक अनियमितताले पराकाष्ठा नै नाघेको छ’, अख्तियारमा दिएको निवेदनमा खत्रीले भनेका छन्, ‘विधान, आर्थिक नियमावली र आर्थिक कार्यविधि विपरीत कामको सीमा नै छैन ।’
उनले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीले एन्फालाई करिब १ करोड हाराहारी हानी नोक्सानी पुर्याएको दाबी गरेका छन् । निवेदनमा कार्यसमिति वैठकमा निर्णय नै नगराई खेलकुद ऐनमा भएको व्यवस्था सम्बन्धी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले दिएको नीति निर्देशन समेतलाई लत्याउँदै १० जना अतिरिक्त पदाधिकारीहरू बहराइन भ्रमण गराई संघलाई हानी नोक्सानी गरेको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोसेली छाला जुत्ता उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना
-
ललिता निवास प्रकरण : दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा
-
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति
-
बागमतीका मेयर थापाविरुद्धको मुद्दामा आज पनि सुनुवाइ
-
आजबाट हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने
-
युक्रेनी मामिलामा युरोपसँग कुरा गर्दै अमेरिका