कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमबिच उनले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले नेपालमा कृषिको प्रचुर सम्भावना रहेको बताए । उनले नेपालमा पर्यटन विकासको विशाल सम्भावना रहेको पनि बताए । उनले पिउने शुद्ध पानीको निर्यात गर्न सकिने बताए । उनले नेपाल सम्पदाको धनी देश भएको उल्लेख गर्दै सबैले हरेक सम्भावनाको क्षेत्रमा मिलेर काम गर्नुपर्ने बताए । उनले दुध, माछा, मासुमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताए । उनले कृषिको विकासलाई देशको अर्थतन्त्रको आधारशिलाको रूपमा लिएर अघि बढ्न आवश्यक रहेको बताए ।
अध्यक्ष नेपालले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसका लागि निजगढ विमानस्थल निर्माणमा लाग्नुपर्ने बताए । उनले नारायणहिटी दरबारलाई ग्राण्ड म्युजियमको रूपमा विकास गर्न सरकारले लगानी गर्नुपर्ने बताए । उनले नारायणहिटी दरबारलाई सरकारी अरू निकायहरू राख्ने नभई विश्वभरले अध्ययन गर्ने थलोको रूपमा विकास गर्न जरुरी रहेको बताए । गणतन्त्र संग्रहालय, जनजाति संग्रहालय निर्माण गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशभरि खानेपानी आयोजना अलपत्र, संघकै योजना पूरा गर्न ३ अर्ब चाहिने
-
लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
-
नेपाल चिकित्सक संघको दुई बुँदे माग सहित ७२ घण्टे ‘अल्टिमेटम’, माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने
-
विभिन्न स्थानमा सवारी दुर्घटना : ८ जनाको मृत्यु
-
उत्तर कोरियाले अहिलेसम्मकै ठुलो युद्धपोत बनाउँदै
-
कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री देउवा