नयाँ सरकार गठनको आह्वान भए तत्काल दाबी पेस गर्ने तयारी

विराटनगर । काेशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान गर्ने तयारीमा प्रदेश प्रमुख पर्शुराम खापुङ जुटेका छन् ।
आजै एमाले र माओवादीसहितका दलहरूले प्रमुख खापुङलाई नयाँ सरकार गठन गर्न माग गर्दै निवेदन दिएका छन् । निवेदनका साथमा उनीहरूले प्रदेशसभा सचिवालयले मुख्यमन्त्री केदार कार्कीले विश्वासकाे मत नलिएको भन्दै दलहरूलाई दिएकाे पत्र समेत समेटेका छन् ।
साेही आधारमा प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न संविधान, कानुन र अभ्यासलाई हेरेर कानुनी परामर्शमा रहेकाे जनाएका हुन् ।
उता, एमाले र माओवादीले आफ्ना सांसदहरूलाई विराटनगर नछोड्न निर्देशन दिएका छन् । प्रदेश प्रमुखले कुनैपनि बेला सरकार गठनको आह्वान गर्नसक्ने र सनाखतमा उपस्थिति रहनुपर्ने भएको कारण विराटनगर नछोड्न निर्देशन गरिएकाे एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।
`सरकार गठनको आव्हान भए हामी १५ मिनेटमा दाबी गर्छौँ,´ भण्डारीले भने, `तत्कालै सनाखत गर्नुपर्ने हुनसक्छ ।´
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ
-
अब आउने बजेट युवामैत्री हुनेछ : शंकर पोखरेल
-
कञ्चनपुरको सभागृह प्रयोग विहीन
-
तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न
-
नेपालको राजा राजावादी भएन, राजतन्त्रवादी भयो : गगन थापा
-
१६ वर्षमा बिहे भएको स्वीकार गर्दै मिस पबीले भनिन्, ‘एउटा ठुलो दुर्घटना थियो, कट्यो’