भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न मिल्ने
बुधबार, २६ वैशाख २०८१, १५ : ४७
काठमाडौँ । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा.लि.सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ ।
यस सहकार्य अन्तर्गत, भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र यूपीआईमार्फत फोनपे नेटवर्क अन्तर्गतका क्यूआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने बैंकले विश्वास लिएको छ ।
सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालयहरु तथा १२४ वटा ए.टि.एम. सञ्जाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पासाङले मागे ‘कृषि र उत्पादन’को जिम्मेवारी
-
मुख्यमन्त्रीले जवाफ नदिए प्रदेश सभा अवरुद्ध गर्ने माओवादीको चेतावनी
-
मसीजन्य पत्रिका प्रयोग गरी प्रशोधन गर्दै गरेको ६४ किलो केक नष्ट
-
अध्यक्ष प्रचण्ड खबरदारी सभामा सहभागी हुन म्याग्दी जाँदै
-
चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक
-
नेपाल चेम्बर अफ कमर्स एक्सपोमा कजारिया टाइल्स