अबको संसद् बैठकमा कांग्रेसले के गर्छ ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बसेर संसद्को बर्खे अधिवेशनमा खेल्ने भूमिकाबारे रणनीति बनाउने भएको छ ।
बिहीबार दिउँसो २ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने संसदीय दलको बैठकले संसदमा खेल्ने भूमिकाबारे छलफल गर्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
बुधबार सिंहदरबारमा भएको पत्रकार भेटघाटका अवसरमा बोल्दै प्रमुख सचेतक लेखकले बिहीबार दिउँसो २ देखि राती ६–७ बजेसम्म वा शुक्रबारसम्म बैठक बस्ने तयारी रहेको बताए । उनले संसदीय दलको बैठक लामो बनाएर बढी भन्दा बढी सांसदहरूको कुरा सुन्ने र सो बैठकबाट आगामी संसद् बैठकमा कांग्रेसको भूमिकाबारे निर्णय हुने जानकारी दिए ।
उनले कांग्रेस सहकारीको पैसा अपचलनबारे देशैभरिको समग्रतामा छानबिन गरेर जान पनि तयार रहेको र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमाथि नै प्रश्न उठेपछि उनीमाथि पनि छानबिन गर्नुपर्छ भन्नेमा हामी अडिग रहेको बताए । सरकारले समस्याग्रस्त सम्पूर्ण सहकारीको छानबिनका लागि आएको प्रस्तावमा कांग्रेस सहमत रहेपनि गृहमन्त्रीको विषयमा पनि छानबिन हुनुपर्छ भन्ने कांग्रेसको अडान यथावत् रहेको बताए ।
लेखकले कांग्रेस सांसद टेकबहादुर गुरुङ सर्वोच्चको आदेशले संसदमा आउन लागेपनि उनको बारेमा आगामी दिनमा वैधानिक परीक्षण हुने भएकोले त्यसबारे अहिले नै थप नबोल्ने बताए ।
उनले तत्काल कांग्रेस अघिल्लो पटकको जस्तो छाया सरकार बनाएर जाने तयारीमा नरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका ७५ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुको पदस्थापन
-
रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
-
शिक्षा विधेयक कार्यान्वयनमा माओवादीको आशंका, बर्खे अधिवेशनमा कस्तो छ तयारी ?
-
पुरुषमाथि कुटपिटमा संलग्न चार जना ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
-
सरकारको औचित्यमाथि प्रश्नैप्रश्न : हुकुमी शासनको अभ्यास !
-
पाटन क्याम्पसमा २० गते स्ववियु निर्वाचन हुने