महासंघका प्रतिनिधिले भेटे पर्यटन मन्त्री, बजेटमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई आग्रह गरेका छन् । महासंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघ अन्तरगतकै हवाई तथा पर्यटन समितिका सभापति संयोजकत्वमा गएको उक्त टोलीले मन्त्री तामाङलाई भेटेर पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उत्पादनमूलक उद्योग सरहको सुविधा सम्बन्ध दिनुपर्ने माग राखेका थिए ।
यसैगरी समितिका सभापति देशबन्धु बस्नेतले अहिले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ का कारण पर्यटन क्षेत्रमा विदेशी लगानी भित्रन नसक्ने भन्दै त्यसलाई तत्काल समयसापेक्ष बनाई परिमार्जन गर्नुपर्ने बताएका छन् । यसैगरी चालू आर्थिक वर्षको बजेटमार्फत हवाई टिकटमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदा त्यसले नेपालको हवाई क्षेत्र धराशायी हुने अवस्था सिर्जना भएको उनले बताए ।
‘अहिले सरकारले हवाई टिकटमा भ्याट लगाउँदा कतिपय नेपाली कम्पनीहरू नै विदेशमा कम्पनी खोल्न पुगेका छन् भने नेपालबाट हवाई टिकट नकाट्दा विदेशी मुद्रा समेत बाहिरिएको छ,’ उनले भने, ‘सरकारले लिएका यस्ता खालका अव्यवहारिक नीतिका कारण नेपालको पर्यटन क्षेत्र दैनिकरुपमा धराशायी हुँदै गएको छ ।’
यसैगरी सरकारले तारे होटल तथा लक्जरी रिरोर्टहरुमा पर्यटकसँग अतिरिक्त थप दुई प्रतिशत विलासिता कर लगाउँदा त्यसले विश्वमै नकारात्मक सन्देश गएको र त्यसलाई हटाउनुपर्ने उनले बताए । यसैगरी उनले भारतीय पर्यटकलाई आकर्षित गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्घ अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा संचालनमा ल्याइनुपर्ने माग अघि सारेका छन् ।
मन्त्री तामाङले महासंघकोतर्फबाट सभापति बस्नेतले राखेका मागलाई आफूले सरोकारवाला मन्त्रालयसँग सहकार्य गरी बजेटमार्फत समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिए । ‘तपाईँहरूले जुन माग अघि सार्नु भएको छ त्यो राष्ट्र र व्यवसायीक हितमा छ,’ उनले भने, ‘सरकारले व्यवसायी र उपभोक्तालाई असर पर्ने काम गर्दैन त्यसर्थ सरोकारवाला मन्त्रालयसँग छलफल गरी उक्त समस्या समाधान गर्नेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?
-
सडक बनाउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना
-
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
-
कामना सेवालाई अग्राधिकार शेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत
-
अन्नतः सामोआलाई हराउँदै ‘सुपर–६’ चरणमा पुग्यो न्युजिल्यान्ड
-
रुपन्देही जिल्ला अदालतमा रविको बयान सुरु