सरकारले अरिङ्गालको गोलामा हात हालेको छ : मन्त्री ज्ञवाली
गुल्मी–संघीय सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जनताको समृद्धि र राष्ट्र हितका लागि सरकार जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार रहेको बताएका छन् ।
बिहीबार गुल्मीको रिडीमा कालिगण्डकी कोरिडोर सडकको १० मिटर चौडा पार्ने कामको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।
उनले भने,‘अहिलेको सरकारले जनताको समृद्धि र राष्ट्र हितका लागि अरिङ्गालको गोलामा हात हालिसकेको र केहि अरिङ्गालहरु भुरुङ–भुरुङ गर्न थालेको छन् । ति सवैको सामना गर्न सरकार तयार छ ।’
हालै चीन भ्रमणबाट फर्किएका मन्त्री ज्ञवालीले चीनसँग रेल मार्ग , भारत जोड्ने कालिगण्डकी कोरिडोर लगायतका विकास निमार्णमा सहयोग गर्न समकक्षीसँग आग्रह गरेको बताए । नेपाली सेनाले २०६९ सालबाट सुरु गरेको कालिगण्डकी कोरिडोर सडक खण्ड अन्तरगर्त रिडीदेखि वाग्लुङ्गको सिमना पालुङ्ग खोलासम्म ४२ किलो मिटर औसतमा ८ मिट चौडा सडक सम्पन्न गरिसकेको छ ।
यस्तै वाग्लुङ्गको मालढुङ्गा टाकुर पालुङ्ग खोलासम्म ३८ किलोमिटरसहित ८० किलोमिटर र औसत ८ मिटर चौडा सडक सम्पन्न भई जम्मा १ सय ७४ किमी जोमसोमसम्म यातायात सुरु भसकेको छ ।
मन्त्री ज्ञवालीले उक्त सडकमा सेनाले देखाएको सक्रियाप्रति धन्यवाद दिदै कालोपत्रेका लागि सडक विभागलाई बुझाउन आग्रह गरे । १० मिटर चौडा पार्न वाग्लुङ्गतर्फ २५ करोड र गुल्मीतर्फ ३५ करोड विनियोजित मध्ये गुल्मीतर्फ यस वर्ष १० करोड वरावरको काम सेनाले सम्पन्न गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन