क्रान्तिकारी कम्युनिस्ट पार्टीले बोलायो स्थायी समिति बैठक

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले स्थायी समिति बैठक बोलाएको छ । बिहीबार पार्टी कार्यालय कुपन्डोलमा बैठक बस्ने नेता सीपी गजुरेलले जानकारी दिए । बैठकले पार्टीको एजेन्डा तय गर्नुको साथ समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने गजुरेलले बताए ।
उनका अनुसार बैठक तीन दिनसम्म जारी रहनेछ । नेताहरू राष्ट्रियता र जनपक्षीय एजेन्डामा लिप्त भएको उनको आरोप छ । ‘नेताहरू सत्ता स्वार्थमा लिप्त हुँदा जनपक्षीय एजेन्डा, राष्ट्रियताको पक्षमा काम हुन सकेको छैन । अहिलेको व्यवस्थाले निकास निस्कँदैन । समसामयिक राजनीति, पार्टीको आगामी एजेन्डाबारे बैठकमा छलफल हुन्छ’, बुधबार रातोपाटीसँग उनले भने ।
नेकपा मसालसँग पार्टी एकता भएपछि पहिलो पटक बैठक बस्न लागेको हो । साउनमा महाधिवेशन गर्ने तयारीमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीले मोहन बैद्यको नेतृत्वमा आयोजक समिति गठन गरेको छ । एकता प्रक्रियामा आएका धर्मेन्द्र बास्तोला र सन्तबहादुर नेपाली सहसंयोजक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा
-
ई स्पोर्टस टोली उज्वेकिस्तान प्रस्थान
-
वीरेन्द्रनगरमा एमालेको जागरण सभा (तस्बिरहरू)
-
तीन सन्तानकी आमाले १२ कक्षा पढ्दै गरेका ‘प्रेमी’सँग गरिन् बिहे
-
घुम्ती प्रयोगशालासहित महानगर र विभागको संयुक्त टोली बजार अनुगमनमा
-
डिपोर्टेशनका लागि युद्ध कानून प्रयोग गर्न ट्रम्पलाई अदालतले दियो अनुमति