उपेन्द्र यादवले भने, ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’
बुधबार, २६ वैशाख २०८१, १२ : २७

काठमाडौँ । उपप्रधान एवम् स्वास्थ्य मन्त्री समेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अवैधानिक रूपमा पार्टी विभाजन गराउने काम गरेको आरोप लगाउँदै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् ।
आज पत्रकार सम्मेलनको आयोजन गरी उनले निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी ऐन नभएको बेलामा गैरकानुनी तरिकाले रातारात पार्टी दर्ता गर्ने काम भएको बताए । इतिहासमा पहिलो पटक यसरी पार्टी दर्ता भएको भन्दै उनले यसको विरुद्धमा अदालतमा जाने बताए ।
सैद्धान्तिक तथा वैचारिक रुपमा पार्टीमा कुनै समस्या नरहेको उल्लेख गर्दै उनले अलग भएका नेताहरूले पार्टी विभाजन गर्दा कुने तर्क दिन नसकेको बताए । उनले व्यक्तिको व्यक्तिगत महत्त्वाकाङ्क्षा पुरा गर्न नसकिने बताउँदै अहिले जुन नयाँ पार्टी दर्ता भएको छ त्यो असंवैधानिक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाका दोषीमाथि कारवाही गर्न नेविसंघको माग
-
तीनकुने घटनाका दोषीमाथि कडा कारबाही गर्न अखिल (समाजवादी) को माग
-
फोहोर नगरेको भन्दै बालेनले दिए शिक्षकहरूलाई धन्यवाद
-
फोक्सोको डाक्टरले हड्डीको उपचार गर्न खोज्दा बिरामीको मृत्यु
-
महजोडीको राष्ट्रपतिसँग आग्रहः देश बन्दैछ तर नेताहरुलाई सुधार्न घचघच्याउनु पर्यो
-
उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको व्यापार बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर