सीए विद्यार्थीको पहिलो रोजाइमा इन्डियन बोर्ड
नेपालको अहिलेको अवस्थालाई नियाल्दा रोजगारका लागि होस् या उच्चशिक्षाका लागि बिदेसिने युवाको एउटा ठुलै झुन्ड देख्न सकिन्छ । भर्खरै १२ कक्षा सकेका कलिला मुनाहरू झन् यो बिदेसिने होडबाजीबाट बढी प्रभावित देखिन्छन् ।
यसै सिलसिलामा १२ को परीक्षा सकिँदै गर्दा हामीले एउटा सानो सर्वेक्षण ग¥यौँ । केही विद्यार्थीलाई हामीले सोधेका थियौँ— कक्षा १२ पछि कुन विषय पढ्छौ वा के गर्छौ ? यसको जवाफमा एउटा ठुलै जमातले भन्यो, मैले सीए पढ्छु । ‘विदेश जान्छु’ भन्ने मात्रै उत्तर आउँछ होला भन्ने हामीलाई लागेको थियो । ‘सीए पढ्छु’ भन्ने जमात पाएपछि हामीले उनीहरुसँग थप कुरा ग¥यौँ ।
‘किन सीए नै रोजेको ? के सीएको पढाइ नेपालमै हुन्छ ? कि बाहिर गएर पढ्ने ? भन्ने हाम्रा प्रश्नको जवाफमा एकजनाबाट राम्रै जवाफ आयो । उनले भने— एक त सीएको पढाइ नेपालमै बसेर पनि गर्न सकिन्छ, चाहे नेपाल बोर्ड होस् या इन्डियन, दुवैको पढाइ नेपालमै हुन्छ । त्यसैले इन्डियन बोर्ड नै पढ्न पनि नेपाल छाडेर बाहिर जानुपर्दैन ।
आफ्नो देशमै, आफ्नो घरमै, परिवारसँगै बसेर पनि नेपाल बाहिरको कोर्स गर्न सकिने भएकाले सीए रोजेको उनले बताए । आफूले अब १२ को परीक्षा सक्नासाथ इन्डियन बोर्डको सीएको पढाइ सुरु गरिहाल्ने उनको भनाइ थियो । यसरी सीएमा पनि इन्डियन बोर्ड नै पढ्न चाहनेको ठुलै झुन्ड रहेछ ।
पुतलीसडकस्थित एकेडेमी अफ कमर्सले विगत ११ वर्षदेखि नेपालमा नेपाल बोर्ड र इन्डियन बोर्ड दुवै सीएको कक्षा सञ्चालन गर्दै आएको छ । यसले करिब पाँच सय जनालाई सीए बनाइसकेको छ ।
नेपाली बोर्डअन्तर्गत सीएको परीक्षा लिने र सदस्यता दिने काम ‘इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल’ (आइक्यान)ले गर्छ भने इन्डियन बोर्ड अन्तर्गत सीएको परीक्षा लिने र सदस्यता दिने काम भने ‘इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ इन्डिया’ (आईसीएआई)ले गर्छ ।
सीए भइसकेपछिका अवसरहरूको तुलना गर्दा इन्डियन बोर्डका सीएलाई विश्वभरि नै अलि बढी अवसर हुन्छ । त्यसैले इन्डियन बोर्डप्रति बढी झुकाव हुनुको मुख्य कारण देखिन्छ । भारतीय अर्थतन्त्र आफैँमा विश्वको पाँचौँ ठुलो अर्थतन्त्र भएका कारण इन्डियन बोर्डका सीएलाई भारतमै प्रशस्त रोजगारका अवसर छन् ।
दुवै बोर्डको पढाइमा खासै फरक हुँदैन तर सीए भइसकेपछिका अवसरहरूको तुलना गर्दा इन्डियन बोर्डका सीएलाई विश्वभरि नै अलि बढी अवसर हुन्छ । त्यसैले इन्डियन बोर्डप्रति बढी झुकाव हुनुको मुख्य कारण देखिन्छ । भारतीय अर्थतन्त्र आफैँमा विश्वको पाँचौँ ठुलो अर्थतन्त्र भएका कारण इन्डियन बोर्डका सीएलाई भारतमै प्रशस्त रोजगारका अवसर छन् । यस्तै, विभिन्न देशसँग भएको सम्झौता अनुसार विश्वका एक सय ५० भन्दा बढी राष्ट्रमा सजिलै रोजगारका अवसर प्राप्त गर्न सकिन्छ ।
आईसीएआई विश्वकै दोस्रो ठुलो अकाउन्टिङ बडी हो, जसमा आजका दिनसम्म तीन लाख ९० हजारभन्दा बढी सक्रिय सदस्य छन् । सीए फर्मकै कुरा गर्दा पनि ‘बिग फोर’ लगायत अन्य थुप्रै ठुल्ठुला फर्म रहेकाले आर्टिकलसिप गर्नलाई विद्यार्थीका लागि थुप्रै रोजाइ रहेका छन् ।
कर्पाेरेट बोर्डमा काम गर्न चाहनेका लागि पनि सीए बन्नुअगावै ‘इन्डस्ट्रियल ट्रेनिङ’को प्रावधान रहेकाले इन्फोसिस, गुगल, विप्रो, रिलायन्सजस्ता विश्वविख्यात कम्पनीमा काम गर्ने मौका समेत विद्यार्थीले पाउने गर्छन् । यसरी पढ्दै गर्दा ठुल्ठुला सीए फर्म र कम्पनीमा काम गर्नाले विद्यार्थीले मल्टिपल फिल्डको एक्सपोजर पाउन सक्छन्, जसले उनीहरूको पर्सनल र प्रोफेसनल डेभलपमेन्टमा एकदमै मद्दत गर्छ ।
कोर्सको समयावधि परीक्षाको प्रक्रिया पनि ‘स्टुडेन्ट फ्रेन्डली’ नै छ । हरेक विषयको परीक्षामा कम्तीमा एक दिनको ग्याप दिइन्छ, अझै थ्यौरिटिकल विषयमा ३० माक्र्सको ‘मल्टिपल च्वाइस क्वेस्चन’ अनि एउटा ‘इलेक्ट्रिक पेपर’को ‘ओपन बुक एक्जाम’ लिने भएकाले विद्यार्थीलाई धेरै सजिलो भइदिएको छ । परीक्षा दिन भारत नै जानुपर्छ भन्ने पनि छैन । नेपाल, भुटान, दुबई, श्रीलङ्काका केन्द्रबाट समेत परीक्षामा समावेश हुन पाइन्छ । यसका साथसाथै यही वर्षदेखि पाँचवर्षे कोर्सलाई साढे तीन वर्षे बनाइएको छ, मतलब अब लगातार सबै लेभल कटाउने विद्यार्थी साढे तीन वर्षमै सीए भएर निस्किन सक्छ । पहिले सीएको परीक्षा वर्षको दुईपटक लिइन्थ्यो भने अब तीनपटक लिने भएको छ । यी सबै मोडिफिकेसन विद्यार्थीको हकमै छन् ।
यो पंक्तिकार पनि पहिले आईक्यानको नेपाल बोर्डमा भर्ना भइसकेको थियो, पछि इन्डियन बोर्डका बारेमा थाहा पाएर यसबाट प्रभावित भएर फेरि आईसीएबाटै सीए बनेर फर्कियो । विद्यार्थीलाई समयमै सीए बन्नु छ, प्रोफेसनल भएर निस्कनु छ र निसङ्कोच समयमै आफ्नो आर्थिक धरातल समृद्ध बनाउनु छ । यसका लागि इन्डियन बोर्डको पढाइ, परीक्षा शैली, पाठ्यक्रम र पोस्ट क्वालिफिकेसन पाइने अवसर धेरै नै आकर्षक छन्, सायद यसकै कारण अहिलेको समयमा नेपाली विद्यार्थीमाझ पनि आईसीएअन्तर्गत इन्डियन बोर्डको सीएप्रति बढी झुकाव देखिन्छ ।
(लेखक पौडेल सीए तथा एकेडेमी अफ कमर्सका म्यानेजिङ डाइरेक्टर हुन् ।)