सुनसरीबाट सशस्त्र प्रहरीले बरामद गर्यो एक क्विन्टल गाँजा
बुधबार, २६ वैशाख २०८१, ०८ : ५६

काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट गए राति १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले उक्त परिणाममा गाँजा बरामद गरेको हो ।
मङ्गलवार राति सुनसरी जिल्ला बर्जू गाउँपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पत्ताले छोपी लुकाई छिपाई राखेको ३ बोरा गाँजा बरामद गरिएको हो ।
सो ठाउँमा गाँजा लुकाइ छिपाइ तस्करी गर्न राखिएको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा ३ वटा बोराभित्र पनि स–साना प्याकेट बनाइ राखिएको गाँजा फेला परेको सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
बरामद गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'अति सीमान्तकृत समुदायको अधिकारका लागि लडाइँ चलिरहेको छ'
-
स्ववियु निर्वाचन पहिलो भएको भन्दै कांग्रेसले दियो नेविसंघलाई बधाई
-
कांग्रेसले भन्यो– सिरहामा दलितको घर भत्काउने कार्य निन्दनीय
-
इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः हवल्दार पनि पक्राउ, अदालतमा मुद्दा दर्ता
-
कांग्रेस निकट जनसम्पर्क समितिमा दुई किसिमको सदस्यता हुने, एनआरएनए नागरिकता लिएकालाई पनि छुट
-
कांग्रेस सडकमा शक्ति प्रदर्शनको पक्ष र विपक्षमा नउभिने, संविधानको पक्षमा दृृढ रहने