नेशनल पेमेन्ट गेटवे प्रकरण
सुनील पौडेललाई ९ वर्ष कैद र जरिवानाको फैसला
मङ्गलबार, २५ वैशाख २०८१, १८ : ३०

काठमाडौँ । विशेष अदालतले नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार भएको ठहर गर्दै नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई दोषी ठहर गरेको छ । विषेश अदालतले पौडेललाई ९ वर्ष कैद सजायको फैसला गरेको हो ।
पौडेललाई अदालतले बिगो, जरिवाना र कैद हुने फैसला सुनाएको छ । विशेष अदालतबाट वैशाख ७ गते भ्रष्टचार मुद्दामा दोषी ठहर गर्ने फैसला मात्र सुनाएको थियो । मंगलबार विशेषका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले सजाय निर्धारण गरेको हो ।
पौडेललाई २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो र सोही बराबर जरिवाना हुने ठहर गरिएको छ । अब उनीबाट करिब ४६ करोड ५४ लाख रुपैयाँ असुल गरिनेछ ।
पौडेलविरुद्ध अख्तियारले दायर गरेको अकुत सम्पत्ति आर्जनको मुद्दा भने विचाराधीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का
-
भारतमा पाकिस्तानी कलाकारहरूमाथि प्रतिबन्ध लगाइएकोमा जावेद अख्तरले के भने ?