अरविन्द केजरीवालको जमानत याचिकामा सर्वोच्च अदालतले सुनाएन फैसला

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको जमानत याचिकामा मंगलबार पनि कुनै निर्णय गरेन । सर्वोच्चले आगामी दिनमा यस सम्बन्धमा निर्णय हुन सक्ने संकेत गरेको छ ।
अदालतले दिल्लीको खारेज गरिएको मदिरा नीतिसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मामिलामा मुद्दामा केजरीवालको जमानत याचिकामा सुनुवाइ गरिरहेको छ ।
अदालतले केजरीवाललाई दिइएको अन्तरिम जमानतबारेमा ईडीलाई प्रश्न सोधेको थियो । तर, ईडीको तर्फबाट अदालतमा उपस्थित तुषार मेहताले यसको विरोध गरे । अदालतले विशेष प्राथमिकता दिइरहेको भनेर आम जनतामा गलत सन्देश जाने उनको भनाई थियो । केजरीवाल मुख्यमन्त्री भएकै कारण उनलाई अन्तरिम जमानत दिने विचार गरी नरहेको सर्वोच्च अदालतले भनेको थियो ।
अरविन्द केजरीवाललाई ईडीले सम्पत्ति शुद्धीकरण मुद्दामा मार्च २१ मा उनकै निवासबाट पक्राउ गरेको थियो । दिल्ली सरकारले अन्तःशुल्क नीति मार्फत लाइसेन्स प्राप्त रक्सी व्यापारीहरूसँग घुस लिएर अनुचित फाइदा दिएको ईडी र सीबीआईको आरोप थियो । आम आदमी पार्टीले अहिलेसम्म यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थापाथलीमा पाईप फुटेर सडक जलमग्न : लाखौं रकमको क्षति
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग
-
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो : प्रचण्ड
-
सशस्त्र प्रहरीले अर्डर गरेको १ सय २० वटा खुकुरी कारखानाबाटै चोरी, ३ जना पक्राउ
-
माओवादी अभियानप्रति किन आत्तिए मधेसवादी दलका नेता ?