पार्टी विभाजन : जसपा नेपालले कानुनी उपचार खोज्ने, बुधबार पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएका छन् ।
मंगलबार पार्टी कार्यालयमा शीर्ष नेताहरूसँग गरेको अनौपचारिक छलफलबाट कानुनी उपचार खोज्ने निर्णय भएको पार्टीका प्रवक्ता मनिष समुनले जानकारी दिए ।
दल विभाजन सम्बन्धी कानुन नै नभएको अवस्थामा निर्वाचन आयोगले पार्टीको मान्यता दिएको निष्कर्ष निकाल्दै जसपा नेपाल न्यायका लागि अदालत जाने निष्कर्षमा पुगेको उनले बताए ।
बुधबार यस विषयमा कानुनी परामर्श लिएर अगाडि बढ्ने बताउँदै उनले पार्टीमाथि राज्यकै तर्फबाट षड्यन्त्र भएकाले कानुनी उपचारमा जाने अवस्था आएको बताए ।
पार्टीको आधिकारिकता दिँदा थुप्रै ठाउँमा कानुनी त्रुटि भएको आफूहरूले पाएको उनले बताए । उनले यसका लागि कानुन विज्ञसँग छलफल भइरहेको बताए ।
पार्टी विभाजन, जसपा नेपालको आधिकारिक धारणाबारे जानकारी गराउन बुधवार पत्रकार सम्मेलनको समेत आयोजना गरिएको उनले बताए ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईको नेतृत्वमा ७ जना सांसद अलग भएर जसपा गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सन्तानकी आमाले १२ कक्षा पढ्दै गरेका ‘प्रेमी’सँग गरिन् बिहे
-
घुम्ती प्रयोगशालासहित महानगर र विभागको संयुक्त टोली बजार अनुगमनमा
-
डिपोर्टेशनका लागि युद्ध कानून प्रयोग गर्न ट्रम्पलाई अदालतले दियो अनुमति
-
उपसचिवको लिखित परीक्षामा १२ जना उत्तीर्ण (सूचीसहित)
-
इरानसँग सिधैं परमाणु वार्ता भइरहेको छः ट्रम्प
-
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही