उपसचिव उमाकान्त अधिकारीलाई कारबाही गर्नु नपर्ने राय

काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस गरेपनि गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीलाई विभागीय कारबाही गर्नु नपर्ने निष्कर्ष निकालिएको छ । गृह मन्त्रालयका सहसचिव भरतमणी रिजाल नेतृत्वको समितिले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर उनलाई कारबाही गर्नु नपर्ने राय दिएको हो ।
उपसचिव अधिकारीको हकमा ‘केही गर्नुपरेन’ भन्ने राय प्राप्त भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।
आयोगले उनलाई विभागीय कारबाही गर्न सिफारिस नगरेको भट्टराईको दाबी छ । उनले भने,‘फोन सम्पर्क देखिएपनि थप प्रमाण नदेखिएको हुनाले उहाँलाई कारबाही सिफारिस नगरेको र मन्त्रालयको समितिले पनि सोही विषय उल्लेख गरेर राय दिएको छ ।’
सुन तस्करीमा संलग्न फरार प्रतिवादी जीवन चलाउनेसँग उपसचिव अधिकारीको सम्पर्क देखिएको थियो । अधिकारी माघ ३ बाट चैत ४ सम्म लमजुङ्गको प्रमुख जिल्ला अधिकारी थिए । चलाउनेसँग सम्पर्क देखिएपछि उनलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको थियो । चलाउने बेल्जियन नागरिक दावा छिरिङका सहयोगी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा