हाउसफुल ५ मा अभिषेक बच्चनको इन्ट्री
![हाउसफुल ५ मा अभिषेक बच्चनको इन्ट्री](https://npcdn.ratopati.com/media/news/aaa_NgXYc1oqZz.jpg)
नयाँ दिल्ली । हाउसफुल फ्रेन्चाइजीका चार वटा फिल्म निकै सफल रहे । मेकरहरु अब यसको पाँचौँ फिल्म बनाउने तयारीमा छन् ।
फिल्ममा यसअघि नै अक्षय कुमार र रितेश देशमुखलाई कास्ट गरिसकेको छ । फिल्ममा अभिषेक बच्चनको पनि इन्ट्री भएको छ ।
हालै फिल्मका निर्माता साजिद नाडियाडवालाले अभिषेक बच्चनको कास्टिङको आधिकारिक घोषणा गरेका छन् । ‘अभिषेक बच्चन फेरि हाउसफुल परिवारको हिस्सा बनेको कुरा बताउन पाउँदा हामी निकै खुसी छौँ,’ उनले अभिषेकको तस्बिर शेयर गर्दै लेखेका छन् ।
अगष्टबाट हुनेछ फिल्मको छायांकन
फिल्म हाउसफुल ५ को छायांकन अगस्टदेखि बेलायतमा सुरु हुने भएको छ । ‘हाउसफुल मलाई सबैभन्दा बढी मनपर्ने कमेडी फ्रेन्चाइजी मध्ये एक हो र यसमा सामेल हुनु भनेको घर फर्कनु जस्तै हो,’ फिल्ममा आबद्ध भएपछि अभिषेक बच्चनले फिल्मफेयरसँग भने । साजिद नाडियाडवालासँग जोडिनु उत्कृष्ट अनुभव भएको र आफू अक्षय कुमार र रितेशसँग सेटमा मस्ती गर्न उत्सुक रहेको पनि उनले बताए ।
हाउसफुल ५ लाई तरुण मनसुखानीले निर्देशन गर्दैछन् । यसअघि उनले अभिषेक बच्चनको फिल्म दोस्ताना निर्देशन गरेका थिए । फिल्म हाउसफुल ५ नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टको ब्यानरमा साजिद नाडियाडवालाले निर्माण गर्न लागेका हुन् । फिल्म आगामी वर्षको जुन ६ मा रिलिज गर्ने तयारी भइरहेको छ ।
सबैभन्दा धेरै कमाउने भारतीय कमेडी फिल्म हो हाउसफुल
हाउसफुल फ्रेन्चाइजका ४ ओटै फिल्म निकै हिट भएका थिए । यो फ्रेन्चाइजीले विश्वभर ८०० करोड भारु कमाएको थियो । यो भारतको सबैभन्दा धेरै कमाउने कमेडी फिल्म फ्रेंचाइजी हो । हाउसफुल भारतमा सबैभन्दा धेरै कमाउने सातौं फ्रेन्चाइजी फिल्म पनि हो ।